तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वागतमी प्रदेशले पायो पूर्णता (नामावलीसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १ गते, शुक्रबार २१:३४

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वागतमी प्रदेश समितिले पूर्णता पाएको छ ।

सङ्घीय संरचनामा गएको यातायात व्यवसायी महासंघको गत महाधिवेशनले सुवन गिरिलाई संयोजकमा निर्वाचित गरेपनि अन्य पदमा भने भर्खरै कार्यसमिति निर्वाचित भएको हो ।

समितिको सहसंयोजकमा ठाकुरनाथ सुवेदी र उर्मिला महर्जन (श्रेष्ठ), सचिवमा दिलबहादुर श्रेष्ठ (कुमार) र कोषाध्यक्षमा यामबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा लालबहादुर खड्का, राजेश प्रजापति, सुरेन्द्र गुप्ता (रञ्जित), नरेन्द्र गोठे, विकास श्रेष्ठ, हरिबहादुर अधिकारी, नरेन्द्रराज हलुवाई, रविन्द्र बैद्य, ज्ञानेन्द्र महर्जन, शिशिरराज अधिकारी, राजु विक्रम मिश्र, भिमप्रसाद गौतम निर्वाचित हुनुभएको छ ।

यसैगरी, राजेन्द्रबहादुर थापा, सरोज न्यौपाने, युवराज घतानी, सरोज राउत, राजकुमार थापा क्षेत्री, हेमराज श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, मधुविलास घिमिरे, कृष्णप्रसाद भट्टराई र लालकुमार श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला संयोजकमा भने यसअघि नै काठमाडौँमा गोपालचन्द्र गुरुङ, भक्तपुरमा रामकाजी भुजु, काभ्रेमा राजेशकुमार श्रेष्ठ, धादिङमा तुलसीप्रसाद अधिकारी, चितवनमा खेमबहादुर आले, मकवानपुरमा ज्ञानेन्द्र कार्की, सिन्धुलीमा बुद्धिप्रसाद पहाडी, दोलखामा देवराज अधिकारी, ललितपुरमा जुजुभाई मानन्धर, सिन्धुपाल्चोकमा कवितमान श्रेष्ठ र नुवाकोटमा धनबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु