दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीङ्ग ऋषि र गौतम ऋषिको तपोभुमिमा योग प्रयोगशाला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ३ गते, आईतवार १८:५१

छाँया नेपाल (आचार्य)

भारतमा समेत प्रशिद्धि कमाएका श्रीङ्ग ऋषि र गौतम ऋषिको तपोभुमि क्षेत्रमा योग प्रयोगशाला स्थापना भएको छ । महालक्ष्मी जीवन योग प्रयोगशाला घिमिरेथोकमा गएको चैत्र १६ गतेदेखी निःशुल्करुपमा नियमित योग प्रशिक्षण भैरहेको छ भने भवन निर्माणको कार्य पनि सुरु भएको छ । विहान ५ बजे सहभागिहरु जम्मा हुने र योग सुरु गर्नु भन्दा अगाडि सहभागिहरूको ब्लड प्रेसर र तौल जाँच गर्ने र त्यस पछि त्यहि अनुसारको योग अभ्यास गराएको देख्दा जीवन योग प्रयोगशाला घिमिरेथोक साच्चै बैज्ञानिक योग प्रयोगशाला जस्तो देखिन्छ ।

स्थानीयहरुको माग अनुसार गुठीको चौरमा बिभिन्न प्रशिक्षकहरुलाई आमन्त्रण गरेर नियमितरुपमा योग र ध्यानको अभ्यास गरिदै आएको महालक्ष्मी जीवन योग प्रयोगशाला घिमिरेथोकका संयोजक रबिन्द्र घिमिरेले बताउनु भयो । जीवन विज्ञानका प्रशिक्षकद्वय रामहरी कार्कि र शोभना दवाडिले नियमित योग शिविरको शुभारम्भ गर्नु भएको थियो, त्यस्तै रंगिता बस्नेतले पनि प्रशिक्षण दिदै आउनु भएको छ । सात दिने योग शिविरबाट सुरु गरिएको थियो, सबैको सहयोग र उत्साहले महालक्ष्मी जीवनयोग प्रयोगशाला भवन निर्माण हुने भएको छ संयोजक घिमिरे बताउनु हुन्छ । स्थानीय बासिन्दाले सहयोग स्वरूप उपलव्ध गराएको रकमबाट भवनको पिलर ठडाउने काम भैरहेको छ, सहयोगिहरुको साथका कारण चाढैनै भवन निर्माण सम्पन्न हुनेछ र वर्षाको समयमा पनि नियमित योग अभ्यास गर्न सकिने छ, संयोजक घिमिरे खुसी व्यक्त गर्दै बताउनु हुन्छ ।
योग शिक्षक अमृतेन्द्र कर्णले असार २ गते योग प्रशिक्षण दिदैं तीन महिनाको अवधिमा सहभागिहरुमा धेरै परिवर्तन आएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अतिथी बक्ताको रुपमा पुग्नु भएका सीआईएनका व्यवस्थापक एवं लेखक दीपक आचार्यले योगसँग जोडिएको सिस्नेरी र घिमिरेथोकको ईतिहासकाबारेमा जानकारी गराउनु भयो । श्रीङ्ग ऋषि आश्रम र श्रीङ्ग ऋषि गुफा मात्रै होइन यो क्षेत्रबाट बग्ने गोमती र श्रीङ्गमति नदिको बारेमा नेपाल महात्मे र पुराणहरुमा वर्णन गरिएको बताउनु भयो ।

गोमती नदिकै किनारमा महालक्ष्मी जीवन योग प्रयोगशालाको भवन बन्नु निक्कै खुसीको कुरा भएको बताउदै आचार्यले हिजो यसै क्षेत्रबाट श्रीङ्ग र गौतम ऋषि लगायतका ऋषिहरुले योगलाई विश्वसामु फैलाएको र बशिष्ठ आदि ऋषिहरु समेत यो क्षेत्रमा आउनु भएको प्रमाणहरु भेटिएको आचार्यले बताउनु भयो । प्राकृतिक सुन्दरताले भरिपुर्ण स्वच्छ हावा पनि भएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको यस्तो तपोभुमिमा योग प्रयोगशाला स्थापना भएकाले यसले योग तथा ध्यानलाई फैलाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने आचार्यले बताउनु भयो । योग प्रयोगशालाको बारेमा सञ्चार मध्ययमहरुले पनि प्रचार प्रसार गरेर यो क्षेत्रको पौराणीक तथा ऐतिहासिक पक्षको उजागर गर्ने वातावरण बनाउनु पर्ने आचार्यले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु