तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आयोजक कीर्तिपुर समूह विजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ५ गते, मंगलवार २१:१८

काठमाडौं ।आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित ग¥यो । कीर्तिपुरका आदित्य डंगोलले २६ अंक जोडे ।
सुरुका तीन क्वाटरमा कीर्तिपुरले क्रमशः २२–१७, २५–१५ र २७–२२ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । ललितपुरले चौथो तथा अन्तिम क्वाटर २६–१५ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन । पराजयका बावजुद ललितपुर पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
अन्नपूर्ण गाउँपालिकाले समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । समूह विजेता बन्न अन्नपूर्णले टोखा नगरपालिकालाई ९९–७७ ले पन्छायो । अन्नपूर्णका राजेश गर्बुजाले १८ स्कोर गरे ।
पहिलो क्वाटरमा ३०–२४ को अग्रता लिएको अन्नपूर्ण दोश्रोमा १६–१७ ले पछि प¥यो । अन्नपूर्णले तेश्रोमा ३१–२३ र चौथोमा २२–१३ ले अग्रता लिदै जित अन्तर फकारिलो बनायो ।
सेमिफाइनलमा अन्नपूर्णको भेट ललितपुरसंग हुनेछ भने कीर्तिपुरले नागर्जुन नगरपालिका विरुद्ध प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु