तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालमा बाल अधिकार कार्यन्वयन अवस्था मापन सम्बन्धी उपायको मस्यौदा सम्बन्धमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ८ गते, शुक्रबार २०:४९

८ असार २०८० शर्मिला विश्वकर्मा, काठमाडौं

“बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन” भन्ने नारा सहित नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्वन्धी उपायको मस्यौदा बारे छलफलको आयोजना गरिएको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बालअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा आवद्ध बालअधिकारकर्मी बीच नेपालले हस्ताक्षर गरेको बालअधिकार सम्वन्धी महासन्धि कार्यन्वयनको सुचक बारे तयार गरिएको मस्यौदा बारेमा छलफल गरेको हो ।

कार्यक्रममा काठमाडौँ स्कुल अफ ल क्याम्पसका सह–प्राध्यापक कपिल शर्माले ‘नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्वन्धी उपायको मस्यौदा’ शीर्षकमा कार्यत्रपत्र प्रस्तुत गर्नु भयो ।

उहाँले प्रस्तुत गर्नु भएको कार्यपत्र माथी सहभागी बालअधिकारकर्मी, अभियन्ताहरूले आ–आफ्नो धारणा व्यक्त गर्दै सक्रिय सहभागिता जनाउनु भएको थियो ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले समग्रमा बालबालिकाको हितका लागि काम गरिरहेका अभियन्ताहरूको साझा लक्ष्य ने बालमैत्री वातावरण तयार गर्नु हो । यसका लागि अभियानले नेतृत्व लिएर सबैलाई एकतावद्ध बनाउने प्रयासमा साथ दिनु हुने सबै प्रति हार्दिक अभार व्यक्त गर्नु भयो ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका सचिवालय प्रमुख आत्मराम थापाले बालअधिकार सम्वन्धी महासन्धिमा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनको सम्वन्धमा आवश्यक विभिन्न सुचक मध्ये कानुनी प्रावधान, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, तथ्याङ्क, बालमैत्री वातावरण लगायतका बुँदा बारे तयार गरिएको मस्यौदा माथि छलफल भएको बताउनु भयो ।
उहाँले महासन्धि अनुमोदन गरे पछि त्यसको कार्यान्वयनको अवस्थाको सम्वन्धमा संयुक्त राष्ट्रसङ्घको समितिमा पठाउनु पर्ने रिपोर्टका लागि मस्यौदाले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
यस छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका मिना शर्माले बालअधिकार कार्यान्वयनको सम्वन्धमा प्राप्त तथ्याङ्क, उपलब्धी र पहुँच वृद्धिका नमुनालाई पनि आधार मान्न सकिने धारणा व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु