दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं महानगरपालिका १० का स्थानीय नागरिकलाई शेयर सम्वन्धी तालिम प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ९ गते, शनिबार १९:०१

काठमाडौं। काठमाडौं महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्वन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ ।

सो वडाले काठमाडौं महानगरपालिकाको सहयोग र नेपाल शेयर धनी सङ्घको सहजीकरणमा आयोजित प्रशिक्षणमा करिब एकसय भन्दा बढि स्थानीय विद्यार्थी, बुद्धिजिवी, व्यवसायी, किसानलगायत सबै वर्गका नागरिकले सहभागिता जनाएका थिए।

महानगर–१० का अध्यक्ष रामकुमार केसीले वडाले स्थानीय नागरिकको सुख सुविधाका लागि निरन्तर प्रदान गरिने सेवालगायत विभिन्न सिपमुलक तालिमको पनि प्रदान गर्दै आएको जानकारी दिंदै वित्तिय साक्षरताले पनि नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्ने भएकोले विभिन्न निकायसँग मिलेर शेयर सम्वन्धी तालिमको आयोजना गरिएको बताए।

सो प्रशिक्षणका संयोजक लता चन्द शाहले स्थानीयलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने क्रममा महानगर–१० ले शुक्रवार र शनिवार शेयर किनवेच सम्वन्धी सम्वन्धीत विज्ञमार्फत तालिम प्रदान गरेको जानकारी दिइन्।

उनले शेयर किनबेच गर्नेबारे सामान्य जानकारी सबैले पाएका छन् तर त्यसमा लगानी गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी विज्ञमार्फत दिएर स्थानीयलाले शेयरबजारबाट फाइदा लिन सकुन भन्ने लक्ष्यले तालिम दिइएको बताइन्।

प्रशिक्षणमा सहभागी स्थानीयलाई आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लिमा आवद्ध प्रशिक्षकहरूलगायत अमुल्य आचार्य, मुक्ति अर्याल, तिलक कोइराला, सुवासचन्द्र भट्टराई, युवराज भुसाललगायतले शेयर किनवेच गर्ने प्रक्रिया, यसका लागि आवश्यक जानकारी, यसको फाइदा र नोक्सानीको अवस्थाबारे जानकारी दिएका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु