दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देउवामा आकांक्षा पलाईसकेको छ, कांग्रेसले नेतृत्व गर्छु भन्नेवित्तिकै सरकार ढल्छः एमाले नेता ढुंगेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ९ गते, शनिबार १९:४२

काठमाडौं, ९ असार । नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा सभापति ऋषि धमलाको अध्यक्षतामा भएको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसभित्र नेतृत्वको आकांक्षा पलाएको र अब यो सरकार ढल्ने संकेत गरे ।

‘जबसम्म शेरबहादुर देउवामा प्रधानमन्त्री हुने आकांक्षा पलाउँदैन त्यतिबेलासम्म यो सरकार कायम रहन्छ । आज पनि त्यही हो । कांग्रेसभित्र सरकारको नेतृत्वको आकांक्षा जन्मनेवित्तिकै यो सरकार धरापमा पर्छ भनेर हामीले हिजो नै भनेका थियो । आज त्यही ठाउँमा परिस्थिति आइपुगेको छ । कांग्रेसले नेतृत्व गर्छु भन्नेवित्तिकै सरकार ढलिहाल्छ नि । यो सरकार कांग्रेसको आकांक्षामा भर पर्छ,’– उनले भने ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उनको टिप्पणी छ । नेता ढुंगेलले एमाले यो सरकार ढाल्ने र गिराउने खेलमा नरहेपनि वर्तमान सरकार आफैं ढल्ने अवस्थामा रहेको बताए ।

यो सकारबाट समृद्धि सम्भव नभएको उनको भनाई छ । यस्तो गठबन्धनबानट परीणाम खोज्नु आफैंमा मुर्खता भएको उनको भनाई छ । प्रचण्डले भारत भ्रमणका क्रममा चालेको विभिन्न कदमले नेपालीहरुको शिर निहु¥याएको उनको आरोप छ ।

उनले नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने बताए । भारतीय फिल्म ‘आदिपुरुष’ मा सीता भारतकी छोरी हुन् भनेर नेपालको विषयमा सरकार स्पष्ट बोल्नसमेत नसकेको उनको भनाई छ ।

‘अहिलेको सरकार यो नेपालको भूमि हो भन्न सक्दैन । यो नेपालको अस्मितामाथिको आक्रमण हो भन्न सक्दैन । त्यस्तो सरकारबाट हामीले अपेक्षा के पूरा गर्न सक्छौं ?’– उनले प्रश्न गरे ।

सत्ता गठबन्धनको रुपान्तरण र परिवर्तनको आवश्यकता भएको उनको दाबी छ । अहिले सत्ताको लडाईमा सिंगो देशलाई होम्नपर्ने अवस्था आएको उनले बताए । विदेश जाने नेपाली युवाहरुको डाटा कहाली लाग्दो रहेको उनले बताए । अहिले राज्यमा भएको विविध समस्या समाधानका लागि अहिलेको राजनीतिक समीकरणलाई नयाँ शिराबाट अगाडि बढाउन पर्ने आवश्यकता आफूहरुले गरेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु