तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १० गते, आईतवार २१:००

१० असार, शर्मिला विश्वकर्मा, काठमाडौं
“ आश्रय गृह सेवा : सशक्तिकरणमा टेवा ” भन्ने नारा सहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, साथी संस्था र महिला आश्रय गृह राष्ट्रिय सञ्जालले राजधानीमा ३ दिने महिला आश्रय गृहहरुको प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । लैङ्गिक हिंसाका सवालहरुलाई सम्बोधन गरी प्रभाबकारी आश्रय गृह सेवा मार्फत महिला तथा बालबालिकाको सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उदेश्यले सञ्चालन गरिएको उक्त सम्मेलन १३ गते सम्म चल्ने छ ।

सो सम्मेलनमा महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसाको न्युनिकरणका लागि महिलाको सक्तिकरणमा जोड दिनु भयो । उक्त राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै उहाँले समाजमा विद्यमान हानिकारक प्रथा र गलत अभ्यासका कारण महिलाले हिंसा भोगिरहेकोले यसको अन्त्यका लागि सामुहिक पहल आवश्यक रहेको पनि बताउनु भयो ।

यस सम्मेलनलाई संवोधन गर्दै प्रतिनिधी सभा सदस्य डा. आरजु राणाले नेपालमा आश्रय आन्दोलनको इतिहासको बारेमा बताउदै यसको उपलब्धी, चुनौती र आगामी दिनमा गर्नु पर्ने कामहरुको बारेमा प्रष्ट पार्दै पीडित प्रभावितहरुलाई आवश्यक सहयोग गर्नुका साथै लैङ्गिक हिंसा रोकथाममा जोड दिनु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले पाठ्यक्रममा महिला हिंसाबारे पाठ समावेस गरेर महिला आश्रयगृह नै नचाहिने समाज निर्माण गर्न सृष्टिकर्ता, घर,समाज बनाउने, सभ्यता नै निमार्ण गर्ने महिलाको महत्व बुझ्न आवश्यक रहेको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाको क्षमतालाई कम मान्ने प्रचलन, हिंसा गर्न हुन्न र भएमा सहन नहुने भन्दै चेतनाको अभावले महिला र किशोरी माथि हिंसा भइरहेको बताउनु भयो । साथै उहाँले हिंसा पीडित महिलामा मानसिक, आर्थिक, सामाजिक लगायतका विभिन्न समस्याहरु एकै पटक देखिने भएकोले आश्रय दिने आश्रय स्थलको निक्कै ठूलो सहयोग रहेको बताउनु भयो ।

साथी संस्थाका संस्थापक बन्दना राणाले हाल देशभर हिंसाबाट प्रभावित महिला, किशोरीलाई राख्ने आश्रयस्थल सरकारी तथा गैरसरकारी गरी करिब ५० भन्दा बढि आश्रयस्थल बनेका छन्, तर आश्रयस्थल सञ्चालनका लागि गर्ने निश्चित मापदण्ड, नीति बनेका छैनन्, यस सम्मेलनबाट आश्रयस्थल सञ्चालनका लागि साझा नीति, धारणा बनाउने अपेक्षा लिएको बताउनु भयो । साथै उहाँले करिब तीन दशक अगाडि साथी संस्थाको स्थापना गर्दा नेपालमा घरभित्र महिला, बालबालिका माथि हुने हिंसालाई सामान्य मानिने, त्यस्ता घटना बाहिर नआउने आए पनि निकै कम महिलाहरुले मात्रै आफुले भोग्न परेको पीडा सार्वजनिक गर्ने पाइएकोले आश्रय स्थल सञ्चालन गर्ने र त्यहाँ उनीहरुका पीडाहरु सुन्ने माध्यम बनाइएको बताउनु भयो ।

त्यसै गरी साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले महिला आश्रयलाई थप समावेशी र महिला तथा बालबालिकाको आवश्यकतालाई संवोधन गर्न नीतिगत निर्देशनले सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा मानव बेचविखनको घटनाबाट प्रभावित र लैङ्गिक हिंसाबाट प्रभावित महिलाले आफ्नो पीडा बताउनु भएको थियो ।

उक्त ३ दिने राष्ट्रिय सम्मेलनमा नेपाल सरकारका प्रमुख तथा प्रतिनिधिहरु, प्रदेश तथा स्थानीय सरकारका प्रतनिधिहरु, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्धार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधिहरु, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित, प्रभावित, मनोसामाजिक परामर्श, पत्रकार तथा महलिा अधिकारकर्मीहरु सहित २०० जनाको सहभागीता रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु