दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डाउन सिण्ड्रोम अवस्थाका बालिका र अभिभावकलाई असल र खराब छुवाई सम्बन्धी तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ११ गते, सोमबार ७:५७

११ असार शर्मिला विश्वकर्मा, काठमाडौँ

असल र खराब छुवाई अर्थात् राम्रो र नराम्रो छुवाइको विषयमा जो कोही व्यक्तिहरूलाई पनि जानकी हुन र सोही अनुसार व्यवहार गर्नु पर्दछ । तर अन्य व्यक्तिहरू तथा अपाङ्गता भएका व्यक्तिहरूको तुलनामा डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूले खराब र असल छुवाइको बारेमा पूर्ण रूपमा जानकार भएको पाइँदैन । जसको कारण उनीहरू बढी मात्रमा असुरक्षित हुने, विभिन्न हिंसामा पर्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

बौद्धिक तथा डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूले राम्रो र नराम्रो छुवाइका बारेमा जानकारी प्राप्त गरुन् र आफूलाई सुरक्षित राख्न सकुन् भन्ने उद्देश्यले लैङ्गिक हिंसा विरुदको क्षमता अभिवृदिकरण असल र खराब छुवाइको विषयमा ५ दिने तालिम सञ्चालन गरिएको छ ।
टेवा नामक संस्थाको सहकार्यमा डाउन सिण्ड्रोम समाज नेपालले हिजो असार १० गते आइतबार देखि १४ गते सम्म ५ दिन यो तालिम सञ्चालन गर्ने छ ।

डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अवस्थाका बालिकाहरू र उनीहरूका अभिभावकहरूका लागि ५ दिन सम्म सञ्चालन गर्ने असल र खराब छुवाई तालिमको पहिलो दिन उद्घाटनका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले खराब र असल छुवाइका विषयमा सैले जानकारी लिनु पर्ने र विशेष गरी डाउन सिण्ड्रोम अवस्थाका बालिकाहरूलाई प्राथमिकताका साथ यस विषयमा जानकारी गराउँदै आवश्यक तालिम प्रदान गर्नु पर्ने बताउनु भयो ।

यस ५ दिने असर र खराब तालिमको उद्घाटनका क्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूलाई आफ्नो शरीरको अंङ्गहरु चिनाउनु पर्ने, सुरक्षित रहन सकुन् र के कुरा राम्रो के कुरा नराम्रो भन्ने छुट्ट्याउन सकुन्, आफ्नो सुरक्षा आफै गर्न सक्षम बनुन् भन्ने उद्देश्यले यस तालिम सञ्चालन गरिएको बताउनु भयो ।

यस तालिमको पहिलो दिन डा.सशक्ता थापाले भावनात्मक विकासका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले भावनात्मक अनुभूति, बौद्धिक विकास, सामाजिक अन्तरक्रिया, शरीरमा उत्पन्न हुने विभिन्न हर्मोनहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

उक्त तालिमको उद्घाटनका क्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दहालले असल तथा खराब छुवाई तालिम सबैका लागि अति नै उपयोगी भएको भन्दै विभिन्न हिंसाबाट सुरक्षित रहनका लागि समय समयमा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावक तथा सहयोगीहरूले पनि लिनु पर्ने र उनीहरूलाई आत्मरक्षाका तालिम पनि दिनु पर्ने बताउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूलाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवदता पनि व्यक्त गर्नु भयो ।

डाउन सिण्ड्रोम समाज नेपालले असार १० गते देखि १४ गते सम्म सञ्चालन गर्ने असर र खराब छुवाई तालिममा उपत्यका बाहिरका जिल्लाका सहित ५ जना डाउन सिण्ड्रोम अवस्थाका छोरीहरू र आमाहरू गरी १० जनालाई यो तालिम प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु