शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

बागमती प्रदेशसभाको बैठक आज बस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १३ गते, बुधबार ०९:१९

हेटौडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अबरोेधका कारण मंगलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अबरोध गरेका थिए ।

आज पुन सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु