आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

खेलकुदको विकासका लागि प्रतिबद्ध छु ः मन्त्री लिम्बू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १४ गते, बिहीबार २०:१५

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विकासका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए ।
आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो गरी कार्यक्रम र बजेट भने नआएको बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् ।
सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु