काठमाडौं ।राष्ट्रिय धान दिवसका अवसरमा नेपाल डेरी एसोसिएसन बागमति प्रदेश र रोटरी क्लब अफ कपनले संयुक्त रुपमा दही चिउरा खाने कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष मनोज घिमिरे, दिप प्रसाद धमला, सह कोषाध्यष रामभक्त दाहाल, सदस्य रमेश सञ्जेल, पूर्व सदस्य बद्रि प्रसाद ढकाल, बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष ध्रुव तिवारी, सचिव श्याम घिमिरे, ललितपुर दुग्ध व्यवसायी उपाध्यक्ष दिपक सञ्जेल, कोषाध्यक्ष हुद्धराज तिमल्सिना, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नानीराज घिमिरे, ओखती सोपका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल एवं पत्रकार महानुभावहरु लगायत विभिन्न संघ संस्थाबाट उपस्थिति रहेको थियो । त्यस्तै रोटरी क्लब अफ कपनका एजि शारदा आचार्य, पशुपति क्लबका प्रेसिडेन्ट २०२२/२३ का सुर्य बहादुर अधिकारी, अध्यक्ष कृष्णदेवी मुनिकार, पूर्व अध्यक्ष राजु लामा पि. कोन्दन, इलेक्ट प्रसिडेन्ट, शुचिता काफ्ले लगायत क्लबका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कर्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ को महत्व बताउँदै “यो दिन भनेको मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिने गरिन्छ । असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । यस दिन सबै ठाउँमा दहि चिउरा खाईन्छ । असार १५ मा देशभर करीब ६० लाख लिटर दहि खपत हुने समेत जानकारी दिनुभयो ।
क्लबका एजी सारदाले यसरी क्लबले नेपाल डेरी एसोसिएसनसँग मिलेर दहि चिउरा खाने कार्यक्रम राखेकोमा एसोसिएसनलाई धन्यवाद दिनुभयो । पशुपति कल्बका प्रेसिडेन्ट इलेक्ट सुर्य बहादुर अधिकारीले दहि चिउरा खानु हाम्रो संस्कृती भएको कुरा बाताउनु भयो । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवं उद्योग समितीका उपसभापति नानीराज घिमिरेले यो हाम्रो पुरानो संस्कृती भएकोले यो कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना हुने, स्वदेशी उत्पादनको खपत हुने र जन्क फुडको स्थानमा नेपाल उत्पादन दहि चिउराले स्वास्थ्यको समेत राम्रो हुने र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रबर्द्धन हुने कुरा बताउनु भयो। नेपाल डेरी एसोसिएसन बागमति प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले आफ्नो भनाई राख्दै हामीले हाम्रो संस्कृति बचाउनु पर्ने बताउँदै पहिले पहिले आफूले खेतमा हिलो खेल्दै बाजाको तालमा धानको विउ लिंदै रमाइलो गरेको स्मरण गराए । कार्यक्रममा उपाध्यक्ष मनोज घिमिरे,सह-कोषाध्यक्ष रामभक्त दाहालले पनि आफ्नो भनाई राख्दै दहिको महत्व र किसानको दुःखको चर्चा गरेका थिए । क्लबका पूर्व अध्यक्ष लामाले यस्ता कार्यक्रमहरु विद्यालयमा विद्यार्थीहरु माझ पनि गर्नसके दहिको महत्व र हाम्रो संस्कृतिको जगेर्ना हुने कुरा बताए ।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई दहि चिउरा रसबरी लालमोहन खुवाइएको थियो । अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिंदै रोटरी क्लब अफ कपनका इलेक्ट प्रेसिडेन्ट शुचिता काफ्लेले कार्यक्रमको अन्त्य भएको जानकारी गराए।