सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

लोकतन्त्र र विधिको शासन विना नागरिकको अधिकार सुनिश्चित हुँदैनः अर्थमन्त्री डा. महत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १५ गते, शुक्रबार १६:३७

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वतन्त्रता, लोकतन्त्र र विधिको शासन बिना आम नागरिकको विकास र अधिकार सुनिश्चित हुन नसक्ने बताउनु भएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति संघको प्रशिक्षण कार्यक्रम मन्त्री डा. महतले भन्नुभयाे, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्ने काम नेपाली कांग्रेसले गरेको हो । यस विषयमा नेपाली कांग्रेस चट्टानझै नउभिएको भए अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान सम्भव थिएन । यो सन्देश सशक्त ढंगबाट आम जनमानसमा लैजान जरुरी छ ।’

उहाँले भन्नुभयाे, ‘प्रशिक्षणले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति, यसको इतिहास र संगठनलाई कसरी विस्तार गर्ने, आम आदिवासी जनतालाई नेपाली कांग्रेससँग कसरी र किन जोड्नेबारे प्रशिक्षण कार्यक्रममा योगदान रहनेछ ।’

नेपाली कांग्रेसले समावेशितालाई नेपालको राजनीतिमा प्रवेश गराएको हो, उहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेसको विधानमा महिला, आदिवासी, जनजाति, मधेश, दलित र कर्णालीलाई समावेशिता सिद्धान्तको हिसाबले पार्टी संरचनामा आरक्षण सुनिश्चित गरेको हो । अरु दल पनि यो बाटोमा हिड्ने परिवेश बन्यो ।’

‘जनजातिभित्र विविध आदिवासी जनजाति जोडिएका छन् । जनजातिसँग जोडिएको संस्कृति, सभ्यता र रितिरिवाजले नेपाललाई समृद्ध बनाएको छ । पूर्वका राई, लिम्बु सुनवार, तराईका सतार, राजवंशी, बागमतिका तामाङ शेर्पा, उपत्यकाका नेवार समुदाय बिना नेपाल पूर्ण हुँदैन’, उहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेसले यसलाई पूर्णरुपमा अंगिकार गरेको छ । आदिवासी जनजातिको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरण र सहभागिता नेपाली कांग्रेसको मूलमन्त्र भएको कसैले बिर्सन नहुने बताएका छन् । यो सन्देश हामीले आम आदिवासीका बीचमा लिएर जानुपर्छ ।’

महतले, ‘हाम्रो नीति सिद्धान्त, कार्यक्रम, हामीले गरेको काम, गरिरहेको काम र गर्ने काम सशक्त ढंगले आम जनतामाँझ लैजान नसक्नु नेपाली कांग्रेसको कमजोरी भएको बताउनु भएकाे छ । उहाँले भन्नुभयाे, ‘हामी व्यक्ति आलोचनमा बढी समय खर्च गछौं । गहिराइमा पुगेर अध्ययन नगरेका विषय सामाजिक सञ्जालमा राख्दा त्यसले हानी गर्छ ।’

पार्टीको निर्णय ग्रहण गर्न नसक्नु कांग्रेस नेतृत्वको अर्को कमजोरी भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यसले जनता अलमलमा परेका छन्, यो अन्योलता चिर्नुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु