बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १६ गते, शनिबार ०८:१६

काठमाडौं ।ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो । प्रदेश खेलकुद विकास परिषद् समिति लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए । ४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए । विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए । प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु