विद्यार्थीहरुलाई लालिगुराँसले पन्चेबाजा सहित उतार्‍यो खेतमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १६ गते, शनिबार २०:३७

सीतल आचार्य- काठमाडौं

धान कसरी उत्पादन हुन्छ र चामल के बाट र कहाँ पाउछ भन्दा पसल मा पाइन्छ भन्ने विद्यार्थीहरुलाई लालिगुराँसले पन्चेबाजा सहित उतार्‍यो खेतमा।

नेपाल कृषि प्रदान देश भएता पनि राजाधानीमा बस्ने साना नानी बाबुहरुलाई सोध्दा दुध के ले दिन्छ भनेर सोध्यो भने डेरी ले दिन्छ वा पसलेले दिन्छ, चामल के बाट बन्छ र कसरी उत्पादन हुन्छ भन्दा चामल त पसल बाट लेराउने हो भन्ने बुझाई भएका विद्यार्थीहरुलाई केही नयाँ कुरा सिकुन भन्ने उदेश्यले लालिगुराँस नेशनल एकेडेमि मनमैजु, काठमाडौंले रोपाइको कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।

प्रबिधी र व्याबहारिक शिक्षालाई बिशेष जोडदिदै आएको बिद्यालयले असार १५ को महत्व बुझाउन विद्यार्थीहरुलाई खेतमै उतार्‍यो। राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते हिलाम्मे खेतमा लगी धान कसरी रोपिन्छ बाउसेको भूमिका के रहन्छ, रोपारहरु कसरी धान रोप्छन, बिउ कसरी काट्छन भन्ने कुरालाई प्रत्यक्ष अनुभुत गराइ दिगो सिकाइका लागि विद्यार्थीहरुलाई बिबिध गतिविधिहरुमा सहभागी गराउने क्रममा रोपाइसँग प्रत्यक्ष साक्षात्कार गर्न गराउन बिद्यालयले विद्यार्थीहरुलाई खेतमै लगी धान रोप्न सिकाउने प्रयास गरेको हो। यसमा सम्पुर्ण अभिभावकज्यूहरुको सकारात्मक सल्लाहले आयोजना गरिएको रोपाइँ कार्यक्रममा विद्यार्थीहरु उत्सुकताका साथ उल्लेखनीय सहभागी भएका थिए। यसरीनै आउने दिनहरुमा विभिन्न कार्यक्रमहरु गर्दै बिद्यालय अगाडि बढ्ने छ र सधै सबैको सद्भाब रहनेछ भन्ने विश्वाश बिद्यालयले लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु