बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

संस्थागत विकासका लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १६ गते, शनिबार २१:१७

शर्मिला विश्वकर्मा-

कुनै पनि संघ संस्थाहरू स्थापना गरे पछि संस्थाको उद्देश्य पुरा गरी लक्षित वर्गलाई सेवा सुविधा प्रदान गर्न र उनीहरूकै लागि काम गर्नको लागि संस्थागत विकास हुन अति नै आवश्यक हुन्छ । यी आवश्यकतालाई मध्ये नजर गर्दै डाउन सिण्ड्रोम समाज नेपालले टेवाको सहयोगमा यही असार १४ गते देखि १६ गते सम्म ३ दिन काठमाडौँ, चितवन, कैलाली र कास्कीका डाउन सिण्ड्रोम समाजका संस्थाहरूका कार्यसमितिहरूलाई संस्थागत विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरेको छ ।
तालिमको पहिलो दिन आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले संस्थालाई आर्थिक, जनशक्ति, स्रोत अनुसार मजबुत बनाउनुका साथै सचेतीकरण गरी ती नै संस्था मार्फत डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि सहज बनाउने उद्देश्यले ती संस्थाका कार्यसमिति सदस्यहरूलाई संस्थागत विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको बताउनु भयो ।
तालिमको अन्तिम दिन अर्थात् आज १६ गते समापनका क्रममा अध्यक्ष शिला थापाले यस तालिम लिए पछि काम गर्ने क्रममा परियोजनाको प्रस्ट उद्देश्य हुनु पर्ने, अबका दिनमा डाउन सिण्ड्रोम अवस्थाका व्यक्तिहरूलाई अन्य अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण गरे जस्तै वर्गीकरणमा राख्नको लागि पहल गर्नु पर्ने, परियोजना मार्फत स्थानीय निकायहरूसँग सहकार्य गरी वा आर्थिक श्रोत पहिचान गरेर काम गर्न आग्रह गर्नु भयो ।
साथै उहाँले अबका दिनमा डाउन सिण्ड्रोम अवस्थाका व्यक्तिहरूलाई छुट्टै वर्गीकरण भित्र समावेश गर्नु पर्ने, उनीहरूलाई क वर्गको अपाङ्गता परिचय पत्र उपलब्ध गराउनु पर्ने लगायतका विषयमा वकालत तथा पैरवी गर्ने कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
सो तालिममा डाउन सिण्ड्रोम समाज चितवनका उपाध्यक्ष राजाराम रिजालले यो तालिम पश्चात् आफ्नो क्षेत्र रत्ननगर नगरपालिका भित्र रहेका १६ वटा वडाहरूका सबै स्वास्थ्य चौकीहरूमा डाउन
सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूका विषयमा जनचेतना जगाउनका लागि ब्यानर बनाएर ती स्वास्थ्य चौकीहरूमा सबैले देख्ने ठाउँमा टाँस्ने, विद्यालय तथा उच्च शिक्षाका पाठ्यक्रमहरूमा डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जनचेतना जगाउने खालका पाठ्यसामग्रीहरू समावेश गर्न पहल गर्ने, यस्ता बालबालिकाहरूका अभिभावकहरूका साथै दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि प्रशिक्षण दिने बताउनु भयो ।
त्यसै गरी डाउन सिण्ड्रोम समाज कास्कीका कोषाध्यक्ष सरिता अधिकारीले डाउन सिण्ड्रोम समाज नेपाल काठमाडौँले प्रदान गरेको संस्थागत विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी तालिम अति नै उपयोगी रहेको र यस तालिममा सिकेको सिकाइबाट संस्थागत रूपमा काम गर्न सहज हुने भन्दै यहाँ सिकेका कुराहरूलाई संस्थामा पनि छलफल गर्नुका साथै केही समयमा नै पोखरामा डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूको विषयमा जनचेतना जगाउनका लागि रक्तदान कार्यक्रमको आयोजना गर्ने पनि बताउनु भयो ।
सो ३ दिने दिन सम्म सञ्चालन गरिएको संस्थागत विकासका लागि क्षमता अभिवृद्धि तालिमको सहजीकरण यसै आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपाल काठमाडौँका सल्लाहकार तथा अधिवक्ता मुकुन्दहरि दाहालले गर्नु भएको थियो । यस तालिममा उहाँले संस्था भनेको के हो, संस्था सञ्चालन गर्नका लागि आर्थिक श्रोतको पहिचान गर्नु पर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद पनि आवश्यक रहेको भन्दै संस्था सञ्चालन गर्नका लागि संस्थाको नामको लेटर प्याड, विल, छाप, लोगो, सदस्यता अभिलेख पुस्तिका, कोष व्यवस्थापन अर्थात् लेजर बुक, माइन्यूट बुक, समूहको काम, लेखा परीक्षण बुक हुनु पर्ने र वार्षिक साधारण सभा पनि गर्नु पर्ने बताउनु भयो ।
सहजीकरणको क्रममा उहाँले साधारण सभामा वार्षिक प्रतिवेदन, लेख परीक्षणको प्रतिवेदन, नियुक्ति, आगामी योजना, रणनीतिक योजना, भौचर हुनु पर्ने पनि जानकारी गराउनु भयो । यसै क्रममा उहाँले संस्थाका सबै कार्यसमितिहरू मिलेर आवश्यक विषय बस्तुमा छलफल गरी काम गर्नु पर्ने, संस्थाको नाममा बैङ्क खाता खोल्नु पर्ने, छलफल पछि माइन्यूट ( निर्णय ) लेखनका विषयमा पनि प्रस्ट पार्नु भयो । माइनट अर्थात् निर्णय लेखनमा छलफलको विषय बस्तु, वैधानिकता, परिस्थिति, छलफलका विषयहरूमा निर्णयहरू लेख्नु पर्ने पनि बताउनु भयो ।
उहाँले यस ३ दिने छलफलमा परियोजना लेखन र श्रोतको पहिचान गर्न पनि सिकाउनु भयो । तालिमकै क्रममा उहाँले संस्थागत विकासका लागि स्थानीय निकायहरूमा नै श्रोतको खोजी गर्न सकिने, सरोकारवाला निकायको पहिचान गर्नु पर्ने, समूहगत कार्यलाई प्राथमिकता दिनु पर्ने, परियोजना तयार गर्ने र सम्बन्धित निकायमा पेस गर्ने तरिका, रणनीतिक योजना, परियोजनाका उपलब्धिहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
उक्त ३ दिने तालिममा काठमाडौँ, कास्की, चितवन र कैलालीमा रहेका डाउन सिण्ड्रोम अवस्थाका बालबालिकाहरूका लागि काम गर्ने संस्था डाउन सिण्ड्रोम समाजका १० जना कार्यसमितिहरूको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु