जुनु घिमिरेको कविता संग्रह ‘पसिनाको घर’ लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १७ गते, आईतवार ०५:०८

काठमाडौं। कवि जुनु घिमिरेको कविता संग्रह “पसिनाको घर” लोकार्पण गरिएको छ । शुक्रबार साहित्यकार, समाजसेवी गर्गाचार्य समुदायीक विश्वभाषा पुस्तकालायका संरक्षक टिकाप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा लोकर्पण भएको हो।

कार्यक्रमका बिशेष अतिथी धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक डा. यज्ञप्रसाद गुराँगाई, कविकी आमा बिमला घिमिरेको पनि उपस्थिति थियो।

कविता संग्रहको बिवेचना गर्दै डा यज्ञप्रसाद गुराँगाइले कविता संग्रहले जीवन भोगाइका बिषयलाई समेटेको बताउँदै कविता संग्रह उत्कृष्ट रहेको बताए। पुस्तकमा ४२ वटा कविता संग्रह समावेश गरिएको छ ।

जीवनचक्रमा देखेका सुनेका र भोगेका बिषय बस्तु लाई सिर्जना गरेर कविता संग्रह तयार पारिएको कवि घिमिरेले बताइन् ।

सल्लेरी साहित्य संगमको आयोजनामा गरिएको कार्यक्रमको संयोजन ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं ७ समितले गरेको थियो।

कार्यक्रममा कवि तथा साहित्यकार भोलानाथ घिमिरे, गर्गाचार्य विश्वभाषा पुस्तकालायका अध्यक्ष घनश्याम बराल, धनकुटा बहुमुखी क्यापसका सहायक क्यापस प्रमुख मानबहादुर भण्डारी, शिक्षासेवी दामोदर दाहाल, ज्येष्ठ नागरिक टिकाप्रसाद घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, साहित्यकार बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु