बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

राष्ट्रिय समन्वय परिषद्को बैठकः के-के भए निर्णय?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १७ गते, आईतवार ०५:१७

काठमाडौं। राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रदेश मुख्यमन्त्रीहरुको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्को बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, प्रतिनिधिसभाको विपक्षी दलको नेता वा प्रतिनिधिसभाको सदस्य रहने व्यवस्था छ। स्थानीय तहका जनप्रतिनिधि पनि सदस्य रहने व्यव्सथा रहेको छ ।

संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानून बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनओटै सरकारबीच समन्वय गर्ने अधिकार परिषद्लाई छ ।

आजको बैठकले परिषद्को बैठक सञ्चालन सम्बन्धि कार्यविधि पारित गरेको छ ।

यस्तै संविधान र ऐन कार्यान्वयनमा देखिएका अस्पष्टता, दोहोरोपन र तीन तहका सरकारहरुबीच विकास आयोजनामा दोहोरोपन हटाई तादम्यता कायम गर्ने निणर्य गरेको छ ।

यस्तै साझा सूचीमा रहेका अधिकार कार्यान्वयन सबनिध कानून निर्माणमा सहकार्य गर्ने र संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने तथा बनेका कानूनको कार्यान्वयन गर्ने निणर्य भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु