काठमाडौ । नारायणहिटी दरबार परिसरमा व्यास जयन्ती अर्थात गुरुपूर्णिमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अन्तर्गत अध्ययान गरिरहनु भएका प्रशिक्षार्थीहरूको आयोजनामा गुरुहरुप्रति श्रद्धाभाव प्रकट गरी व्यास जयन्ती अर्थात गुरुपूर्णिमा भव्यताका साथ सम्पन्न भएको हो ।
भृपति पाण्डेको सभापति नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यमा कार्यकारी निर्देशकहरू ज्यो.पं सुर्य प्रसाद ढुङगेल, प्रा. डा.देवमणि भट्टराई उप.प्रा.डा.पुरूषोतम भट्टराई को बिशिस्ट अतिथीमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ज्योतिष र कर्मकाण्ड प्रशिक्षितहरूले आधारभूत शिक्षा तथा उच्च शिक्षा दिने गुरुजनहरुलाई सम्झदै गायत्री मन्त्र, धर्मशास्त्र,वेद मन्त्र,स्वस्ति वाचन,गुरु पृजन,सत्यनारायण पुजा साथै उपस्थित सम्पूर्ण गुरुहरुलाई अबिर र पुष्पगुच्छाले सम्मान गरिएको प्रशिक्षार्थी उदब प्रसाद पौडेलले जानकारी दिनुभयो ।
साैरब बन्जाराद्वारा संचालित कार्यक्रममा समाजसेवी,विद्वान्, व्यवसायी गरी विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो ।