बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

एनएसजेएफको १८ औं वार्षिक साधारण सभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १९ गते, मंगलवार ०५:३४

काठमाडौं, असार १८– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८ औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
काभ्रेको धुलिखेलमा आइतबारदेखि सुरु भएको दुईदिने कार्यक्रमको पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्ज्वल आचार्यले प्रशिक्षण दिए । उक्त प्रशिक्षणमा ६४ जना खेल पत्रकार सहभागी भएका थिए । मञ्चले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो । उक्त दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो । सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्की र पत्रकार महासंघका एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुलीलगायतले खेलकुद पत्रकारिताका विषयमा विचार राखेका थिए । उक्त साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो ।
सोमबार उक्त साधारणसभा राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु