काठमाडौ ।सुदुर पश्चिम प्रदेश सरकारले आब ०८०/०८१ को बजेट र नीति तथा कार्यक्रम ले अपाङ्गता भएका ब्यक्तिको सवाललाई बेवास्ता गरेको र बजेट पनि कटौती गरेकोले सुपका अपाङ्गता अधिकारकर्मीहरु बिगत छ दिन देखि सडकमा आन्दोलित छ्न । यति का दिन बितिसक्दा पनि प्रदेश सरकारले चासो नदेखाएको प्रती नेपाल अपाङ्ग महिला सघ गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ उक्त आन्दोलन प्रती समर्थन र ऐक्यबद्धता जनाउदै सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ ।