दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अग्रज पत्रकार श्याम स्मृतलाई पितृशोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १९ गते, मंगलवार ८:३२

काठमाडौं । नामी साप्ताहिकका सम्पादक अग्रज पत्रकार श्याम स्मृतलाई पितृशोक परेको छ ।

स्मृतका पिता बैकुण्ठ श्रेष्ठको ७६ बर्षको उमेरमा शुक्रबार बेलुकी ८ः४५ बजेतिर आफ्नै निवास बालुवाटारमा निधन भएको हो ।

स्वर्गीय श्रेष्ठ विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । करीब १५ वर्षदेखि दमको रोगले पिडित श्रेष्ठलाई २०७९ जेठ महिनामा फोक्सोमा क्यान्सर देखिएको थियो ।

स्वर्गीय श्रेष्ठको परिवारमा धर्मपत्नी सुर्य माया श्रेष्ठको साथमा तीन छोरा र एक छोरी छन् । पत्रकार स्मृत उनका जेठा छोरा हुन् ।

स्वर्गीय श्रेष्ठको निधनप्रति न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु