हेर्नुहोस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १९ गते, मंगलवार १४:०७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलामा १ लाख १० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै,आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम छ । यस्तैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु