नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

इमानदार बनेको खण्डमा काममा सफलता मिल्छ – युवा उपाध्यक्ष रेग्मी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १९ गते, मंगलवार २०:२३

गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका युवा उपाध्यक्ष राज रेग्मी कतारमा एक सफल युवा उद्यमी हुन । बागलुङमा जन्मेका रेग्मीले व्यवसाय सुरु गरेको छोटो समयमै आर्थिक पाटोमा छलाङ मारेका छन भने नेपालमा पनि विभिन्न क्षेत्रमा ठुलो लगानी गरेका छन ।

मासिक ५ हजार श्रमिकलाई आफ्नो कम्पनीमार्फत कतारमा रोजगारी प्रदान गरिरहेका रेग्मी अहिले कतारमा करोडौँको कारोबार गर्न सक्ने हैसियतका भइसकेका छन । कम्पनीमा कार्यरत उच्च तहका एकै कर्मचारीलाई ५० हजार रियालसम्म तलब दिने उनले ४ कम्पनी खडा गरेर काम गर्दै आएका छन । फिदियास ट्रेडिङ्ग ओसियानलगायतका कम्पनीका मालिक उनी कामदारकै रुपमा २००३ मा कतार पुगेका थिए । तर रेग्मी कसरी छोटो समयमै सफल व्यवसायी बन्न सफल भए त ? कतारमा लगानीको सम्भावना कस्तो रहेको छ त ? एनआरएनएमा रेग्मीको अबको तयारीलगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कतारमा व्यवसाय गर्न थाल्नुभएको कति भयो र तपाईँको कम्पनीले कति श्रमिकलाई रोजगारी दिइरहेको छ ?

सन २००९ देखि कतारमा व्यवसायरत रहेको छु । गएको विश्वकपको समयमा कन्स्ट्रक्सनको पिक समय थियो । त्यतिबेला यहाँको मेट्रो बनाउनेदेखि रंगशाला र आवश्यक काममा मासिक ५ देखि ६ हजारसम्म कामदारले मेरो कम्पनीको अन्डरमा रहेर काम गर्थे । अहिले पनि ४ देखि ५ हजारको हाराहारीमा श्रमिकले काम गरिरहेका छन । त्यसमा करिब ७० प्रतिशतको हाराहारीमा कार्यरतहरु नेपाली नै रहेका छन । कतारमा कन्ट्रक्सनको सवालमा लगाब र अनुसाशनको हिसाबले धेरैजसो कम्पनीहरुले नेपाली श्रमिकलाई नै प्राथमिकता दिन्छन ।

उमेरको हिसाबले तपाईँ युवा हुनुहुन्छ, छोटो समयमा जसरी कतारमा विकास भइरहेको छ, त्यसरी नै आफ्नो व्यवसायिक विकास पनि गरिरहनु भएको छ, राजको यो सफलताको राज के रहेछ ?

राजको यो सफलताको राज डेडिकेशन नै हो । डेडिकसनका साथसाथै इमानदार बनेको खण्डमा जुनै पनि क्षेत्रमा सफलता मिल्छ । म २००३ सालमा कतार आउँदा श्रमिकको रुपमा नै आएको थिएँ । काम गर्दैगर्दा यहाँको बजार र वस्तुस्थिति बुझ्ने काम भयो । म कतार आउँदा यो देश विकासको क्रममा थियो । त्यसबेला समयमा गति पकड्न सक्दा र साथीभाइको सुझावको आधारमा अघि बढ्दा केही गर्न सकियो र अहिले यहाँसम्म आइपुग्न सफल भए । म नेपालबाट आउँदा केही परिचित नेपाली उद्यमीहरु कतारमा कार्यरत हुनुुहन्थ्यो । उहाँहरुसँग पनि सुझाव लिएर अघि बढ्नुका साथै अन्य व्यक्तिहरुले पाएको सफलतालाई नजिकबाट नियाल्ने अवसर मिल्यो । यहीबीचमा कन्ट्रक्सन क्षेत्रबाटै अघि बढ्दा ठीक हुन्छ कि भनेर मैले यो क्षेत्रमा हात हालेको थिएँ ।

कतारमा तपाईँले कुन कुन क्षेत्रलाई फोकस गरेर आफ्नो व्यवसायिक यात्रा अघि बढाउनु भएको छ ?

सडक, भवन निर्माणका साथसाथै मध्यपूर्वका तेल र ग्याससम्बन्धी निर्माणको कार्य हामीले गर्दै आएका छौँ । यसमै फोकस भएर काम गरिरहेका छौँ । यस्तै हाउस किपिङसहित अन्य मेन्टेनेन्सका कामहरु हुन्छन् त्यो सम्बन्धी बढी कामदार छन ।

कतारमा लगानी गर्दा अवसर त एकठाउँमा हुने नै भइहाल्यो , नेपालीलाई केही कठिनाइ र चुनौती पनि छन कि ?

कुनै पनि काम सुरु गरेर सफलताको बिन्दुमा नपुग्दासम्म चुनौती त अवश्य हुन्छन नै । सबै ठाउँमा सबै प्रकारको चुनौती त भइहाल्छन नी । तर, कतारको हकमा लगावका साथ व्यापार गर्नुभयो भने झन्झटिला प्रक्रियाहरु छैनन जस्तो लाग्छ । अलिकति डेडिकेटेड भएर व्यापार गर्ने मान्छेहरुलाई समस्या छैन जस्तो लाग्छ । धेरै ठूलो पुँजी ल्याएर यहाँ व्यापार गर्ने भनेर आएको पनि हामी होइन । जसका कारण सुरुमै सोचेको जस्तो प्रतिफल पनि नआउन सक्छ ।

कतारमा विश्वकपसम्बन्धी धेरै प्रोजेक्टहरुमा काम गर्नुभएछ, त्यतिबेला कसरी काम गर्नुभएको थियो ?

वर्ल्डकपसँग सम्बन्धित प्राजेक्टहरुमा काम गर्दा मैले व्यापार गर्नका लागि सही स्कुलिङ पाएजस्तो लाग्छ । जतिबेला कतारले विश्वकपको होस्ट गर्यो, त्यसपछि जतिबेला पूर्वाधार निर्माणको तयारी भयो त्यसपछि सो क्षेत्रमा काम गर्नेहरुलाई सुरक्षित र मर्यादित ढंगले र एनआरएनए अभियानको सहयोगमा समेत नियमसंगत ढंगले गम्भीरताका साथ अघि बढाएको थियौँ । श्रमिकबाट कुनै शुल्क नलिएर बरु उसलाई अन्तरवार्ताका लागि पैसा दिने, भिसा प्रोसेसिङ गरिदिनेसहित जिरो कस्टमा ल्याउने कन्सेप्ट अनिवार्य कार्यान्वयन गरिएको थियो । त्यसबेला मैले आफ्नो व्यापारलाई कसरी मोडिफाइ र व्यवस्थित गर्ने भन्नेमा पनि ध्यान दिएको अवस्था थियो । मुख्यतः व्यापारमा आम्दानीको स्रोत भनेको श्रमिक नै हो । श्रमिकलाई उनीहरुको हक अधिकारको बारेमा कसरी कम्पनीलाई अपग्रेट गरेर लिएर जाने भन्नेलगायतका विषयमा पनि सिक्न पाइयो भन्ने मलाई लाग्छ ।

पछिल्लो समय कतारमा नेपाली लगानीकर्ताको अवस्था कस्तो छ ?

कतारमा व्यापारको हिसाबले नेपालीहरु अघि बढेको धेरै भएको छैन । धेरै कतारीमा यो भाव पनि थिएन । तर, पछिल्लो दिनमा नेपाली साथीहरुको जुन किसिमको व्यापारप्रतिको आकर्षण बढेको छ । त्यसले पक्कै पनि नेपालीहरु केही गर्न सक्दोरहेछन्, यिनीहरु इमानदार र अनुशासिन पनि छन् र चाहेभने व्यापार गर्न सक्ने क्षमताका पनि छन् भन्ने हिसाबले हेर्न थालिएको छ । पहिले नेपालीमाथिको दृष्टिकोण र अहिले नेपालीहरुलाई हेर्न दृष्टिकोण धेरै फरक छ जस्तो लाग्छ ।
पहिले क्लिलिङ, कन्ट्रक्सनलगायतका क्षेत्रमा काम गर्न अदक्ष कामदार आउँछन् भन्ने बुझाइ उनीहरुकों थियो । अहिले नेपालीको व्यवसाय नै बढेको त छ नै त्यसबाहेक डाक्टर, इन्जिनियर साथीहरुपनि हुनुहन्छ । त्यसले गर्दा अहिले कतारीहरुले नेपाली पनि क्यापेबल छन् भन्ने हिवासले चिन्नहुन्छ जस्तो मलाई लाग्छ ।

श्रमिकको सुरक्षाको विषयमा प्रश्न गर्दा तपाईँको कम्पनीले यसमा कस्ता कस्ता कामहरु गरेको छ ?

कतार सरकारको नियमअनुसार कम्पनीमा काममा ल्याउँदै गर्दा र कामदार आइसकेपछि कम्पनीहरुले अनिवार्य बीमा गर्नुपर्ने हुन्छ । अहिले बिमाको दायरा पनि बढाएको छ । पहिले वर्क टाइमको मात्रै इन्स्यारेन्स हुन्थ्यो भने अहिले त्यस्तै हुँदैन । श्रमिकलाई ओरेन्टेशन दिने, सुरक्षालगायतको बारेमा जानकारी दिने गरिन्छ ।

डेढ दशक पहिला कतार आएको मान्छे, अहिले यती ठुलो कम्पनी संचालन गरिरहुन भएको छ ? तपाईँलाई फर्केर हेर्दा कस्तो अनुभूति हुन्छ ?

म एक श्रमिकको हिसावमा कतार आउँदा मेरो त्यस्तो ठूलो सपना केही रहेको थिएन । त्यतिबेला नेपालको राजनीतिक परिस्थिति पनि त्यही खालको रहेको थियो । अध्ययनको क्रममै रहेको अवस्थामा देशभित्र रोजगारी नपाइने र बाध्यात्मक हिसाबले केही समय काम गरौँ र फर्केर नेपालमा केही गरौँ भन्ने उद्देश्य नै रहेको थियो । लामो समय व्यापार गर्छु भनेर सपनामा पनि सोचेँको थिइन । भाग्य नै भन्नुपर्छ कतार मेरा लागि एक सुन्दर पाठशाला बन्यो । अर्को कुरा मेरो पारिवारिक पृष्ठभूमि पनि व्यापारी होइन । व्यापार गर्ने प्राक्टिस पनि थिएन ।
कतार आएपछि यहाँको विकासको प्रक्रिया हेर्न पाइयो । म सुरुमा सेल्समेनको रुपमा काम गर्न आएँ । सो क्रममा धेरैसँग भेट पनि भयो । सोहीअनुसार सबैको सल्लाह सुझाव अनुसार अघि बढ़े । जसअनुसार २००९ देखि यो व्यवसायमा निरन्तर छु । म आफू व्यक्तिगत रुपमा खुसी छु । मैले कम्तिमा आफ्ना नेपाली कामदारलाई उहाँहरुको परिवार पाल्ने जागिर दिन पाएको छु, यो नै एक आत्मसन्तुष्टि हो ।

यहाँले कतारमा सफलता हासिल गर्नुभएको छ, नेपालमा पनि लगानीको क्षेत्र विकास गर्नुभएको छ कि छैन ?

लगानीको हिसाबमा नेपालमा पनि लगानी रहेको छ। सामुहिक रुपमा मिलेर जलविद्युत, बैंकिङ, स्वास्थ्य, घरजग्गालगायतमा मेरो लगानी रहेको छ । तर, लगानीका लागि नेपालका केही झन्झटिला प्राबधानहरु पनि रहेका छन । त्यसलाई नेपाल सरकारले हटाउनुपर्छ । नेपालमा कति धेरै प्राकृतिक स्रोतहरु छन र सोको राम्ररी पहिचान गरेर लगानीको वातावरण नेपाल सरकारले ल्याउने हो भने अन्य क्षेत्रमा पनि लगानी गर्न सकिन्छ भन्ने लाग्छ ।

तपाईँले नेपालमा अझैपनि लगानीको वातावरण नभएको संकेत गर्नुभयो, समस्या कहाँ भयो जस्तो लाग्छ ?

कहीँकतै अली बढी झन्झिटिला प्रक्रिया हो भन्ने लाग्छ । समस्या के हो भने नेपालमा केही गर्न चाहने मान्छेहरुलाई सरकराले जुन किसिमको प्रोत्साहन दिनुपर्ने हो त्यसो नगरी त्यो प्रोत्साहनमा कमी छ जस्तो लाग्छ ।
अझैपनि नेपालमा टीममा काम गर्ने कल्चर विकास भएको छैन । अर्को `ट्रस्ट´ निर्माण गर्ने कुराहरु पनि भएका छैनन् । त्यसमा लगानीको सहज वातावरण नहुनु नै हो । सरकारले लगानीकर्तालाई दिने ऋण लगायत पनि समस्या छ । विदेशमा सिकेका ज्ञान, सिप र पुँजी भित्र्याउनतर्फ पनि सरकारले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

अन्तिममा एनआरएनएको विश्वसम्मेलन पनि नजिकिँदै छ, अबको यात्रा कता तय गर्ने योजनामा हुनुहुन्छ ?

एनआरएनएको सन्दर्भमा बल्ल राष्ट्रिय समन्वय समितिका अधिवेशनहरु चलिरहेका छन । त्यसकारण आईसीसीमा के गर्ने भन्नेबारे मेरो निर्णय नै भइसकेको अवस्था भने छैन । तर पनि यो अभियानमा जोडिनुको मुख्य तात्पर्य यसमार्फत देशलाई केही गर्न सकिन्छ कि भन्ने नै हो । यो अभियानमार्फत बोक्दै आएका मुद्दाहरुलाई कहीँ कतै देशको विकासमा केन्द्रित गर्नका लागि साथीहरुको सल्लाह र सुझावअनुसार अगाडि बढ्ने नै छु । म युवा उपाध्यक्ष हुँ र अब उमेरका हिसावले ४० वर्षपनि यही वर्षदेखि नाघेकाले फेरि युवा उपाध्यक्ष बन्ने भन्ने कुरा उमेरले पनि दिँदैन । जहाँपनि अपग्रेटको अपेक्षा भइहाल्छ नै सोहीअनुसार पदीय हिसाबले अबको गन्तब्य उपाध्यक्ष नै हो कि भन्ने लाग्छ । सबै साथीहरुको सुझाव सल्लाहअनुसार पक्कैपनि तत्काल एउटा निर्णयमा पुगिने नै छ । अवको गन्तब्य उपाध्यक्ष नै रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु