प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

पवन र सर्मेश फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २० गते, बुधबार ०८:०३

नेपाल आर्मीका पवन मोक्तान र एक्सबक्सका सर्मेश लामिछाने प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरे तथा सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।
पुरुष ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशी, ५१ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा र एपीएफका प्रदीप महर्जन, ५७ केजीमा एपीएफका पुरन राई, ६० केजीमा एपीएफका विक्रम परियार र आर्मीका इन्द्रबहादुर सुनुवार, ६७ केजीमा एपीएफका विक्रम चौधरी, ७१ केजीमा बक्समान्डुका चन्द्रबहादुर तामाङ र आर्मीका दानबहादुर दर्लामी तथा ७५ केजीमा एचटुओका विनिश राई र आरडीएसका नोर्बु शेर्पा तथा ९२ केजीमुनि एपीएफका गोकुल गुरुङ र आर्मीका मोहनराज जोशीले फाइनलमा स्थान पक्का गरे ।
महिला ४८ केजीमा जेन्सकी तेजीमाया गुरुङ, ५२ केजीमा बक्समान्डुकी अन्जनी तेली र एपीएफकी सन्जुमाया थिङ, ५४ केजीमा प्रहरीकी निशा तामाङ र एपीएफकी निता गोसाईं तथा ५७ केजीमा एपीएफकी माला राई र जेन्सकी स्वस्तिका तिरुवाले फाइनल यात्रा तय गरे ।
त्यस्तै महिला ६० केजीमा आर्मीकी वर्षा श्रेष्ठ र वज्रकी कविता सिंह, ६३ केजीमा बक्समान्डुकी हेमा राई र आर्मीकी निरु गुरुङ, ६६ केजीमा एपीएफकी मुगामाया पाख्रिन तथा ७० केजीमा एपीएफकी मनीता राईले फाइनलमा स्थान सुरक्षित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु