आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

रिपोर्टर्स क्लब नेपालद्वारा ‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ विशेष साक्षात्कार, सरोकारवाला कसले के भने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २० गते, बुधबार १९:३६

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि सहकारी क्षेत्र धरासयी बनेको छ । नेपालको कूल अर्थतन्त्रको लगभग १९ प्रतिशतभन्दा बढी भार ओगटेको सहकारी क्षेत्र धरासायी हुँदा बचतकर्ताहरु मारमा परेका छन् ।
‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ मा रिपोर्टर्स क्लब नेपालले विशेष साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । आज (बुधबार) क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतबाट प्रतिनिधित्व रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्टार नवराज घिमिरेले बचतकर्तालाई अन्यायमा पारेर सहकारी बचाउन नसकिने बताए । बचतकर्तालाई न्याय प्रदान गर्न नसकिएको खण्डमा सहकारी बचाउनुको औचित्य पनि नरहेको उनको भनाई छ ।
‘सहकारी बचाउनुपर्छ, तर बचतकर्तालाई अन्यायमा पारेर होइन । बचत फिर्ता नगराएर सहकारी बचाउनुको कुनै अर्थ पनि छैन । बचतकर्तालाई न्याय प्रदान गर्न सकिएन भने त्यो सहकारी बच्दापनि बच्दैन,’– उनले भने ।
बचतकर्ताहरुले सहकारीलाई गरेको विश्वासमा संकट आएको कारणले अहिले सहकारीहरुमा समस्या देखिएको उनको बुझाई छ ।
विश्व आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि परेको उनको दाबी छ । नेपालको वित्तिय क्षेत्रको १९ प्रतिशत हिस्सा सहकारीले ओगटेको उनले बताए । सहकारीको सिद्धान्तअनुसार समूदायमा आधारित हुनुपर्ने भएपनि नेपालमा बचतकर्तामा आधारित बनाउँदा समस्या आएको उनले बताए । सहकारीको पैसा बचतकर्तामामात्रै लगानी गर्ने सहकारीको सिद्धान्त भएपनि सञ्चालकहरुले घरजग्गा र शेयर कारोबारमा लगानी गर्दा अहिलेको समस्या आएको उनको आरोप छ । नेपालमा सहकारीलाई पैसा संकलनको माध्यममात्रै बनाइँदा समस्या उत्पन्न भएको उनले बताए । अहिले साना तथा ठूला सबै प्रकारका सहकारीमा समस्या रहेको सहकारीका सञ्चालकहरु सदस्यहरुसँग टाढा हुँदापनि समस्या विकराल हुँदै गएको उनको बुझाई छ ।
उनले संस्थाको सञ्चालकले बचतकर्तालाई बचतको सुरक्षा छ भनेर भन्न नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए । विश्वका विकसित मुलुकको विकास सहकारीबाट नै भएको बताउँदै उनले नेपालमा पनि सहकारी अभियान अगाडि बढाउन आवश्यक रहेको बताए ।
आफ्नो सिमित स्वार्थ पूरा गर्नमात्रै काम गरेका केही सञ्चालकहरुलाई पाता कस्ने काम सरकारले गरिरहेको उनको भनाई छ । धितो नराखी ऋण दिएको खण्डमा सञ्चालकको जायजेथाबाट भएपनि बचतकर्ताको बचत रकम फिर्ता गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौडेलले सहकारी ऐनको कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौति बनेको बताए । सहकारीमा आजको अवस्था सिर्जना हुनुमा २०७४ सालमा आएको ऐन प्रभावकारी ढंगले कार्यान्वयन नहुनु रहेको उनले बताए । बचतकर्ता स्वयंले बचत सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको उनको भनाई छ ।
संस्थाको स्वामित्व, नियन्त्रण र फाइदाबारे सदस्य स्वयम सचेत हुन आवश्यक रहेको उनले बताए । उनले अहिले मनोवैज्ञानिक ढंगले सहकारी संस्थाप्रति अविश्वासको वातावरण सिर्जना भएको बताए ।
‘मनोवैज्ञानिक ढंगले संस्थाप्रति अविश्वास सिर्जना भएको छ । सञ्चालक समितिको निर्दिष्ट आचरणको समस्या होला एकातिर, अर्कोतिर त्योभन्दा द्रुत्ततर ढंगले सदस्यहरुको विश्वासमा समस्या सिर्जना भएको छ । सदस्यहरुको विश्वास र सञ्चालक समितिको निर्दिष्ट आचरणलाई जोड्ने काम सरकारले गर्नुपर्छ, हामीले गर्नुपर्छ,’– उनले भने ।
उनले सहकारी बिगिँ्रदा नेपालको अर्थव्यवस्था प्रणाली धरापमा पर्ने बताए । केही सहकारीको अवाञ्छित क्रियाकलापले सिंगो सहकारीमा समस्या र अविश्वासको वातावरण सिर्जना भएको उनको ठम्याईँ छ ।
सुमेरु सहकारीका सचिव विनोद आचार्यले आफूहरुको कारणलेमात्रै सहकारीमा समस्या नआएको स्पष्ट पारे । सुमेरु सहकारी संकटमा पर्नुमा अहिलेको विश्वमा देखापरेको आर्थिक मन्दी प्रमुख रहेको उनको भनाई छ ।
‘सुमेरु सहकारीमा समस्या आएको सुमेरुको आफ्नो मात्रै समस्याले होइन । विश्वमा देखापरेको आर्थिक मन्दीको असरले पनि सुमेरुमा समस्या आएको हो,’– उनले भने ।
सुमेरु सहकारीसँग गत असारमा तीन अर्ब रुपैयाँ पैसा रहेपनि विभागबाट अनुगमन भएर लगानी गर्न निर्देशन भएकाले आफूहरुले एक अर्ब लगानी गरेको उनले सुनाए । विभागको निर्देशनपछि सहकारीले एक अर्ब रुपैयाँ तत्काल लगानी गरेको उनको दाबी छ ।
‘विभागबाट अनुगमन हुँदा चाहिनेभन्दा बढी लिक्युडिटी राखेको भएकाले तुरुन्त लगानी गर्नुस्, होइन भने नियमानुसार कारबाही हुन्छ भनिसकेपछि एक अरब पैसा हामीले तत्कालै लगानी गर्यौं,’– उनले भने ।
सहकारीमा देखिएको संकटका कारण एक महिनामै दुई अरब रुपैँया पैसा फिर्ता भएको उनको दाबी छ । चुनावपछि सहकारीको अध्यक्ष भरत महर्जन बेलायत गएको उनले बताए ।
बेलायत गएका अध्यक्ष महर्जन फर्कने लक्षण नदेखेपछि सुमेरु सहकारीबाट सिर्जित उनको नाममा र उनको परिवारका सदस्यको नाममा भएको सम्पत्तिको वारेसनामा पठाउन भनेको उनले सुनाए । सुमेरुको सम्पत्ति लगभग १५ अर्ब रहेको र निक्षेप घटेर आठ अर्बमा झरिसकेको उनको दाबी छ ।
बचतकर्ताको रकम कसरी फिर्ता गर्न भनेर आफूहरु लागिरहेको र ढिलोचाँडो बचतकर्तालाई रकम फिर्ता गर्नेपनि उनले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष महर्जन अहिले आफूहरुको सम्पर्कमै रहेको उनको भनाई छ ।
राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी उप्रेतीले सहकारीलाई बचतसँग नभएर उत्पादनसँग जोड्न आवश्यक रहेको बताए । सहकारी ऐनमा विद्यालय र उद्योग खोल्ने व्यवस्था रहेपनि शिक्षा ऐन र उद्योग ऐनले रोकेको उल्लेख गदै उनले त्यसलाई खुल्ला गर्नुपर्ने बताए ।
माइतीघरमा बसेरमात्रै सहकारी समस्या समाधान नहुने उनको भनाई छ । अहिले सहकारीमात्रै नभएर कुनैपनि क्षेत्र राम्रो नरहेको उनको भनाई छ । उनले सहकारीलाई पहिला बचाउने र त्यसपछि सुधारका कार्यक्रम ल्याउनुपर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिलेपनि कतिपय सहरकारीले राम्रो काम गरिरहेको बताए । सहकारीलाई स्थानीय र प्रदेश सरकारले नियमन गर्न पनि नसकेको उनको भनाई छ । सहकारी ऐनमा व्यवस्था भएको कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणको गठन हुन आवश्यक रहेको उनले बताए ।
बचत तथा कर्जा सुरक्षण कोष बनाउन राज्यलाई सिफारिस गर्ने तयारी भएको पनि बताए । उनले सदस्यहरुको बचत फिर्ता पाउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको भन्दै अहिलेको अवस्थालाई पार लगाउँदै भोलिका दिनमा यस्ता समस्या नदोहोरियोस् भन्नका लागि राज्यले अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु