तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हाप्किडो संघको राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ४:२८

नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिम सम्पन भएको छ ।
शंखरापुर नगरपालिका–३ जरसिंह पौवा स्थित श्री कालिका शरण माध्यामिक विद्यालयको प्राङ्गणमा भएको तालिममा ८५० जना खेलाडी तथा बिद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरुलाई नेपाल हाप्किडो संघका प्रशिक्षकहरु पदमा खयरगोली, बिजया कुमारी वाईवा, कृति गिरी, वर्षा ठेडी मगर, निक्कु विश्वकर्मा, अस्मिता महरा, अनिता भण्डारी, सिर्जना अधिकारी, रिता सुनार, प्रिती गुरुङ, अस्मी गुरुङ, समिता गुरुङ र प्रसंशा गुरुङले प्रशिक्षण दिएका थिए ।
तालिमबाट सहभागीहरुले आफ्नो क्षमता अभिबृद्धी र आत्मरक्षा सम्बन्धी ज्ञान र कौशल सिकेको आयोजकले जनाएको छ । तालिमकी संयोजक एवं प्रशिक्षक विजयाकुमारी वाईवाले उद्देश्य अनुसार तालिम सफल भएको महसुस् गरेको बताइन् ।
तालिमको शंखारापुर नगरपालिकाका मेयर रमेश नापितले उद्घाटन गरेका थिए । साथै, कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर, नगर प्रवक्ता राधा कृष्ण श्रेष्ठ, शांखु प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक फुलमाया घिसिङ, कुन्ती देवी फाउन्डेसनका अध्यक्ष तथा समाजसेवि कुन्ती देवी पोख्रेल विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । यस्तै, नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविन गुरुङ, केन्द्रिय प्रशिक्षक भुवन बुढा मगर र टेकराज केसी लगायत प्रशिक्षकहरु, बिभिन्न विधालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक शिक्षकहरु र खेलाडी तथा बिद्यार्थीहरुको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु