आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

मनास्लु र बलर्सलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ०४:३१

काठमाडौं, असार २० गते ।मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गल्र्समा च्याम्पियन बने ।
घट्टेकुलोस्थित आयोजक सूर्योदय माविको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई १७–१६ को साँघुरोअन्तरले पराजित ग¥यो । उपाधिसंगै मनास्लुले १५ हजार तथा बलर्सले १० हजार नगद पुरस्कार प्राप्त गरे । टाइम आउट तेश्रो भयो ।
गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा बलर्सले आईएसए नेपाललाई अत्तिरिक्त समयमा १२–११ ले हरायो । निर्धारित समयको खेल १०–१० को बराबरीमा टुंगिएको थियो । बलर्सले १० हजार तथा आईएसएले ५ हजार नगद पुरस्कार पाए । टिभ्सले तेश्रो स्थानमा चित्त बुझायो ।
ब्वाइज÷गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०० प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् । सहभागी टिमका प्रत्येक खेलाडीलाई पनि २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
ब्वाइजमा मनास्लुका निरन लामा तथा गल्र्समा बलर्सकी पेम्बा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले १०० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
विजेतालाई राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, सूर्योदय एडुकेसन फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, प्यासिफिक हस्पिटालिटी क्युलीनरी एकेडेमी (पीएचसीएए) का प्रबन्ध निर्देशक सुशिल थापालगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा सूर्योदयले सदिनालाई १५ हजार नगदसहित सम्मान गरेको थियो । दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १२ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु