दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘उपहार’ को आगामी भदौंदेखि छायाँकन हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ४:५०

काठमाडौं । रेखा थापाले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’ को आगामी भदौंदेखि छायाँकन हुने बताइएको छ । लभस्टोरी र सोसल ड्रामामा बन्न लागेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् ।

रेखा फिल्म्स र कपनगढी ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा रेखा थापा, पूजा शर्मा र सुलभ प्रतीक देउजाको मूख्य भुमिका रहने बताइएको छ । निर्देशक देउजाले अन्य कलाकार तय हुन बाँकी रहेको बताए ।

डेढ करोड रुपैयाँ बजेटमा बन्ने फिल्मको पटकथा अभिमन्यू निरवीले लेखेका हुन् । फिल्मको शीर्ष भूमिकामा रेखा र पूजा छन् ।

फिल्मका निर्माण टिमले पहिलो गीत रेकर्ड समेत गराएका छन् । बाबुल गिरीले संगीत गरेको गीतमा बाबुल र एलिना चौहानको स्वर छ भने शंकर अधिकारी घायलको शब्द छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु