सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

आर्मी च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ०४:५४

नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मी पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।
नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, ५ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । महिलामा च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण, १ रजत र ४ कांस्य हात पा¥यो ।
बूढानीलकण्ठस्थित गणेश माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित भएको इन्टरनेसनल टेक्निकल अफिसियल (आईटीओ) पुस्कारराज पन्तले जनाएका छन् । दुवैले जनही ५० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा ९ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५÷१५ हजार नगद पुरस्कार हात पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु