सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ०५:००

काठमाडौ । गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक गरिएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् । यो गीत शम्भुजितले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ ।

सोमबार परेको गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन् । भिडियोको निर्माता गायिका पाल्मु नै हुन् ।
‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु’, राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले भने । शम्भुजित नेपालको पहिलो म्यूजिक भिडियो निर्देशकसमेत हुन् । गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन् ।

भिडियोका मोडल पल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बासकोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए ।
मोडल छिरिङ शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन् । हरि हुमागाईंको डीओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु