एसईई रिजल्ट सार्वजनिक गरिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार १५:१०

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निणर्य गरेको हो ।

सोही निणर्यअनुसार कर्मचारी रिजल्ट प्रकाशनको तयारीमा जुटेका छन् । यो वर्ष पुरानै ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गरिनेछ । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु