सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

विपन र अस्मितालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २२ गते, शुक्रबार ०७:०५

निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेश्रो भए ।
अस्मिताले ८.३८ अंक जोडिन् । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेश्रो बने ।
नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुगे । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कांस्य जिते । पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गरे । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तेश्रो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु