शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

काठमाडौं ब्याडमिन्टन एकेडेमी प्रेस विज्ञप्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २२ गते, शुक्रबार ०७:०८

काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ‘विश्व ब्याडमिन्टन दिवस जुलाई ५’ बाल मन्दिर, नक्सालमा मनाएका छौं । अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकाहरूलाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीहरूसँग ब्याडमिन्टन सिक्ने अवसर पाएका भने यस खेलका प्राविधिक शब्दावलीबारे पनि जानकारी लिए । कार्यक्रममा ७० भन्दा बढी बालिकाको उपस्थिति रहेको थियो । उनीहरूले खेल्नुको साथ नाचगान गर्दै मनोरञ्जन पनि गरेका थिए । कार्यक्रममा एकेडेमीकी अध्यक्ष रिता विष्टलेबाल मन्दिरकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई मायाको चिनो प्रदान गरिन्। काखे बालिकादेखि कक्षा १२ मा अध्ययनरतसम्मलाई बाल मन्दिरका प्रांगणमा देख्दा उहारूभावुक हुनुभयो । बाल मन्दिरकी अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘बाल मन्दिरमा आश्रित बालिकाहरूलाई खेल्ने पाउने समान अवसर दिएकोमा काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई धेरै धेरै धन्यवाद । आज हाम्रा छोरीहरूले रमाइलो गर्ने अवसर पाए । आउने दिनमा हामी अरु खेलमा पनि अग्रसरता दिनेछौं ।’ काठमाडौं ब्याडमिन्टन एकेडेमीका सचिव दीपक थापाले भन्नुभयो, ‘हामीले गत वर्षको विश्व ब्याडमिन्टन दिवस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा मनाएका थियौं । यो दिवसलाई यसपाली फरक तरिकाले मनाउन हामीले बाल मन्दिर छनोट गरेका हौं । सबैले राम्रो गरे, रमाइलो माने, विश्व ब्याडमिन्टन दिवसलाई सफल बनाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ एकेडेमीले विश्व ब्याडमिन्टन दिवसमा प्रयोग गरेका सम्पूर्ण खेल सामाग्री बाल मन्दिरलाई हस्तान्तरण ग¥यो । बाल मन्दिरका बालिकाहरूलाई एकेडेमीका खेलाडीसहित नेपालका नम्बर १ महिला खेलाडी रसिला महर्जनले ब्याडमिन्टनको ¥याकेट समातेर सटललाई प्रहार गर्दै नेट कटाउन सिकाएका थिए । यसै अवसरमा रसिलाले आफूले जितेको पुरस्कारको १० प्रतिशत रकम बालिकाहरूको शिक्षाको लागि बाल मन्दिरलाई प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले हालै अन्नपूर्ण र प्रधानमन्त्री कपको उपाधि जित्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु