एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष डे हुनको शिष्टाचार भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २२ गते, शुक्रबार ०७:४३

दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा सेमाउल मोडललाई नेपालमा पनि विस्तार गर्ने सम्बन्धमा कुरा भएको मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सेमाउल जनताको आफ्नै श्रम र सहभागितामा न्युन लगानीमा नमूना गाउँ निर्माण गर्ने एउटा विशेष खालको मोडल हो ।

भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमूना गाउँ निर्माणका लािग समोउलमार्फत् आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । जनताको जागरुकता र जागरणमा नमूना गाउँ निर्माण गर्ने आफूहरुको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताए ।

मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत् अपिल गरेका छन् । “सेमाउल र कोरिया सरकारमार्फत् नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु” मन्त्री मोदीले भने, “सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमूना गाउँ निर्माण गर्ने यो अभियानको थप विकास र विस्तारमा हामी सदैव यहाँहरुसँगै रहनेछौँ ।”

सेमाउल मोडल नेपालजस्तो मुुलुकको लागि प्रेरणाको स्रोत भएको समेत मन्त्री मोदीको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु