आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एनआरएनए (नेपाल एसोसिएसन) युएईको अधिवेशन जुलाई ३० मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २२ गते, शुक्रबार १२:४१

युएई,एनआरएनए (नेपाल एसोसिएसन) युएईको ८औं अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचन आचारसंहिता र कार्यतालिका सार्वजनिक गरेको छ।
एनआरएनए (नेपाल एसोसिएसन) युएईका प्रमुख संरक्षक एबं पुर्व अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले १८ बुँदे निर्वाचन आचारसंहिता र चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आचारसंहितामा निर्वाचन समितिका पदाधिकारीहरुले र निर्वाचनमा सहभागी उम्मेदवारहरुले पालना गर्नुपर्ने नियमहरु उक्त आचारसंहितामा उल्लेख गरिएको छ।
आगामी जुलाई ३० तारिख दुबईको काल्टन टावरमा आयोजना हुने अधिवेशनबाट एनआरएनए (नेपाल एसोसिएसन)को २०२३-०२५ को कार्यकालका लागि सर्वसम्मतिले कार्यसमिति चयन गर्न कोसिस गरिने निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । सर्वसम्मति नजुटेको खण्डमा संस्थाको विधानअनुसार निर्वाचन गरिने उनले बताए । निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको श्रेष्ठले बताए ।
युएईमा एनआरएनए नेपाल एसोसिएसनका रूपमा स्थानीय निकायमा दर्ता भएको छ । युएईको सरकारी निकायमा दर्ता भएको संस्था हुनाले स्थानीय नीति, नियमको पालना गर्दै विधिसम्मत रूपले नयाँ कार्यसमिति चयन गरिने निर्वाचन समितिका संयोजक श्रेष्ठ बताउँछन।
यसपटकको अधिवेशनमा सम्पूर्ण पंजिकृत सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको निर्वाचन समितिले जानकारी दिएको छ। त्यसका लागि अनलाइन भोटिङ प्रणाली प्रयोगमा ल्याइने बताइएको छ।
निर्वाचन कार्यक्रमका लागि एनआरएनए (नेपाल एसोसिएसन)का प्रमुख संरक्षक रमेश श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। समितिमा पूर्वअध्यक्ष सुदिप कार्की र पुर्व महासचिव कृष्ण पौडेल रहेका छन । पौडेल नेपाल एसोसिएसनका बोर्ड सदस्य समेत रहेका छन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु