गायिका सुस्मिता स्याङ्तान सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २३ गते, शनिबार ०६:४६

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान सम्मानित भएकी छिन । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सुपादेउराली म्युजिक प्रा. लि.को १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०८० मा उनलाई प्रमुख अतिथी एंव नेपाल सरकारका पुर्व उप-प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापती एंव बरिष्ठ नेता माननीय गोपालमान श्रेष्ठ ज्युबाट दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान प्रदान गरिएको हो ।

‘धिम साङबारी’बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायिका स्याङ्तानले ३ दर्जन भन्दा बढी गीत गाइसकेकी छिन । बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मस प्रालिले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान, पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड सम्मानित भैसकेकी छन ।

सुपादेउराली म्युजिक प्रा. लि. का अध्यक्ष मतिराज खनालको सभापतित्व र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको विशिष्ट आतिथ्यतामा राष्ट्रिय कलाकार, पत्रकार तथा समाजसेवी गरी ३ दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु