दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रेगन र सुचित्रा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २४ गते, आईतवार ६:२८

काठमाडौं ।मानसिंह डोजोले १५ औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । रेगन घले र सुचित्रा गुरुङ सम्मानित भएका हुन् ।
दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन तथा महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण जितेका थिए । कोरिाया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित भए । सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासंघका सदस्य शशिकुमार तितुङले एक कार्यक्रमबीच सम्मान गरे । मेयर महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा मानसिंह डोजोका खेलाडीले पदक जितेर नगरको मात्र नभइ सिंगो देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै मानसिंह डोजोले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरे ।
सोही कार्यक्रममा मलेसियाको मेलाकामा जुलाइ २१–२३ तारिखसम्म हुने एकेएफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मिनबहादुर तामाङ र एलिना विकलाई पनि बिदाइ गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु