‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

सन्दीपा र शिशिरलाई कांस्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २४ गते, आईतवार ०६:३४

काठमाडौं । सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन् । यो स्पर्धामा चाइनिज ताइपेइले स्वर्ण र अस्ट्रेलियाले रजत पदक जितेको थियो ।
उक्त च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । यस्तै पारसले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
चारै जना खेलाडीले अस्ट्रेलियाकै अर्को प्रतियोगिता अस्ट्रेलियन ओपन जीटु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दैछन् । सन्दीपा र शिशिरले ३० वर्षमुनिको पेयर पुम्से, सागरले पुरुष ७४ केजी र पारसले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । सन्दीपा अध्ययनको सिलसिलामा जापानमा बस्दै आएकी छन् भने अरु अस्ट्रेलियामै अध्ययन गरिरहेका छन् ।
मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका पारस प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । सोही प्रतियोगितामा रजत पदक जितेकी सन्दीपाले ‘लेभल टु कोचेज’ कोर्स पनि उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी थिइन् । यस्तै गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु