एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

समाजवादी मोर्चा संयोजकको जिम्मा माधव नेपाललाई, ६-६ महिना नेतृत्व!

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २४ गते, आईतवार ०६:५१

काठमाडौं। समाजवादी मोर्चा नेपालको संयोजकको जिम्मा माधव नेपालले पाएका छन्। यसका साथै आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारस‌ंहिता बनाउने छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको अर्को बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष नेपालले बैठकको अध्यक्षता गर्ने छन् ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने छ । ६-६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु