दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २५ गते, सोमबार ८:०४

अमृत खनाल

गोरखामा ‘लम्पी स्किन’रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको भिमसेन थापा गाउँपालिका–३ सिमलफेदको विष्णुप्रसाद खनालले बताउनु भयो ।

“रोपाइँ गर्ने बेलामा गोरु मयो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्। रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बन्नुभएका खनालले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताउनुभयो ।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, खनालले भने ।

लम्पी स्किनले गोरु मरेपछि गण्डकी गाउँपालिका–3 फुजेल किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय बिष्णु प्रसाद पन्तले बताए । “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।”

बिष्णु प्रसाद खनाल बताउनु हुन्छ ।हिजो मात्रै सिमलफेदको एक कृषक कृष्ण बहादुर बन्जराको गोरुको मृत्युु भएको छ !!
कृष्ण बहादुर भन्छन् वडा र गाउपालिकाबाट केही क्षतिपूर्ति दिनु हुन्छ कि भन्ने आस छ किसानहरुको समस्या कसले बुझ्छ । कहिले मल नपाएर समस्या कहिले गोरु मरेर कसरी कृषिमा फड्को मार्न सकिन्छ भनेर बन्जरा बताउछन् ।

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताउनु भयो । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु