
रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ स्थित गोल्जुङ बजारको अनुगमन गरिएको छ। ।
गाँउपालिकाका अध्यक्ष बुचुङ तामाङको नेतृत्वमा सोमबार भएको अनुगमनमा होटल र किराना पसल अनुगमन गरि म्याद नाघेका खाद्य तथा पेय बस्तु जफत गरी नष्ट गरिएको छ।
अनुगमनमा पालिकामा दर्ता नभएका व्यवसायहरुलाई दर्ता गर्न निर्देशन दिइएको छ । यसैगरि अनुगमनमा म्याद नाघेका बस्तु नबेच्न र अलग्गै राख्न सुझाव दिइएको छ ।


