दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २८ गते, बिहीबार १८:५२

काठमाडौं ।नेपाल हाप्किडो संघ, बागमती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन् । बिहिवार काठमाडौंमा भएको बागमती प्रदेश स्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
संघको उपाध्यक्षमा मन्दिरा शाक्य र दावा दोर्जे योन्जन, सचिवमा सुदिप तमाङ, कोषाध्यक्षमा रेलिमाई गुरुङ तथा सदस्यमा मिङमार नोर्वु तमाङ र अरुण खत्री के. सी. रहेका छन् ।
नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षता तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । बिभिन्न जिल्लाका प्रतिनिधी, प्रशिक्षक र खेलाडीहरुको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु