तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्नु र मेलिनाको तीज कोसेली ‘यो तीजको लहर हो’ ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ३० गते, शनिबार ११:२९

काठमाडौं – नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।

डी . पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत कलाकारको अभिनय रहेको छ। अर्जुन तिवारीको छायाँकन गरेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो। नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई ‘नोभिस आर्टस’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नोभिस आर्टसका संचालक आशिष कोइरालाले यस गीतको भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु