सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

अमेरिकाबाट डा. चन्द्र गिरीको कोसेली ‘आउ तिमी अँगालोमा’ ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार ३१ गते, आईतवार १८:०१

काठमाडौं – अमेरिका निवासी गीतकार डा.चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको यस गीतमा गायक सुरेश लामा र गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा रहेको भिडियोमा स्वयम् निर्देशक विष्ट र अनिषा ओलीको मुख्य अभिनय रहेको छ। भिडियोमा गीतकार डा. चन्द्र गिरी, तेजश्वी गिरी, विनिता राई र साजन पाख्रिनलाई पनि अतिथि कलाकारको रुपमा देख्न सकिन्छ। भिडियोमा दिनेश पराजुलीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ।

गीत रचना सँगसँगै नियात्रा, कथा, कविता लगायत साहित्यका अन्य विधामा समेत निरन्तर कलम चलाईरहेका डा. चन्द्र गिरीको आत्मकथा ‘मैले नदेखेको सपना’ हालै मात्र प्रकाशन भएको छ। डा. गिरीका हालसम्म लगभग २ दर्जन गीत रेकर्ड भैसकेका छन् भने १ दर्जनजति म्युजिक भिडियो समेत बजारमा आएका छन्। नयाँ म्युजिक भिडियो गीतकार गिरीकै अफिसिएल युट्युब च्यानल ‘रुपान्तर म्युजिक’ मार्फत सार्वजनिक भएको छ। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु