एनआरएनए निर्वाचन कतार : आईसिसी सदस्यमा भट्टराईको उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार ०९:५६

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि आईसिसी सदस्यमा श्रीकृष्ण भट्टराईले उम्मेदवारी घोषणा गरेका छन ।


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद २०२३–२०२५ कार्यकालको लागि आई सि सि सदस्य पदमा मेरो उम्मेद्वारी ।
आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, कतारमा स्थापीत संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासिय नेपाली संघका अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बुद्धिजीवी तथा व्यवसायी, परिषद सदस्य ज्यूहरू एवं पत्रकार मित्रहरुमा हार्दिक नमस्कार।
बिगत दुई दशक देखी कतारलाइ कर्मथलो बनाइ विभिन्न सघ सस्था मा आबद्ध भै सामाजिक अभियान लागेको कुरा यहाँहरुलाइ अवगत नै छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् २००५–२००७ को पन्जिकृत सदस्य हुदै विभिन्न कार्यकालमा यस सस्थाको चालेका सामजिक अभियानमा हातेमालो गर्दै अघि बढेको थिया । गोरखा सेवा समाज कतार को चार चार पटक अध्यक्ष हुँदै अहिले प्रमुख संरक्षक तथा बिश्व भर रहेको गोर्खाली को साझा सस्था ग्लोबल गोरका समाज को उपाध्यक्षमा रहेर सामाजिक अभियान मा निरन्तरता दिदै आयको छु । यहि बिगतका दिनबाट सिकेका अनुभव र भाबी दिनमा अझै यश सस्था मा रहेर अझै सिक्ने र अरु ससक्त रुपमा तनमन दिएर सस्थालाई सामाजिक रुपमा रुपान्तरण गर्दै मध्यपुर्बलाइ श्रमिकमैत्री NRNA बनाउनका लागि मैले पनि २०२३-२०२५ कार्यकालको लागि कतारबाट ICC सदस्यमा मेरो उम्मेद्बारी दिने निर्णय गरेको छु। आसन्न निर्वाचनमा मलाइ यहाँ रहनु भएका सम्पुर्ण पञ्जिकृत सदस्यहरुले बिजयी गराईदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु।।
श्रीकृष्ण भट्टराई
आईसिसी सदस्य पदको उमेदवार
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद कतार।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु