दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बालबालिकालाई करियर निर्माण तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार २०:०३

काठमाडौं ।गुड नेर्वस इन्टरनेशनल नेपालको अर्थिक तथा प्राविधिक सहयोगमा र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा संचालित एकिकृत समुदायिक विकास परियोजनाले प्रायोजित वालवालिका लाई विभिन्न कार्यक्रम माफर्त सहयोग गर्दै आएको छ। यसै क्रममा माध्यामिक तहको अध्ययन सकियो अब के गर्ने भन्ने अन्योललाइ सहज र सरल रुपमा लिन ३ दिने करियर काउन्सिलिङ तथा भविष्यको योजना निर्माण तालिम असार २९, ३० र ३१ गते सम्पन्न भयो। कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको लक्ष्य बनाउने, उनीहरुका कमजोरी पत्ता लगाउने, क्षमता, सिर्जनशीलता बढाउने र निर्णय लिन सहजिकरण गर्ने रहेको थियो।
आयोजक लेले सामुदायिम विकास केन्द्रका अध्यक्ष श्री गणेश बहादुर नगरकोटीका अनुसार गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा भएको सो कार्यक्रममा ललितपुर, गोरखा, बर्दिया, कैलाली, बाजुरा, पर्वत, मुगु, दार्चुला, हुम्ला, डोटी र म्याग्दी जिल्लाका ५३ जना युवा युवतीको सहभागिता थियो ।
कार्यक्रम सम्पन्न भए पछि बालबालिकाहरुले आफनो क्षमता विकास, भावि योजना निमार्ण सग सगै स्व सिप विकास गर्न सहयोग मिलेको जनाएको छन। युवाहरुलाई भोलिका दिन सहजिकरण गर्न र सहजरुपमा करियर निर्माणको लागी विभिन्न खेल, अभिमुखिकरण, प्रेरक कथा र सफल व्यक्तीको प्रेरणत्मक भनाई साथ साथै सहभागीको सकृय सहभगितामा तालिम सफलतापुर्वक सम्पन्न भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु