काठमाडौ । आगामि भदौ ८ गतेबाट प्रदर्शन हुने चलचित्र ‘जय हो’ मा समावेश जोमसोमको डाँडैमा बोलको भिडियो गीत सार्बजनिक भएको छ । काठमाण्डौंको एक हलमा बिशेष कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरीएको हो । नायिका केकि अधिकारी, निशा अधिकारी र नायक सलोन बस्नेत, अर्पन थापा र माओत्से गुरु को अभिनय रहेको उक्त भिडियोलाई जोमसोम र को रमणिय स्थलमा खिचिएको छ ।
बरिष्ठ संगितकार सम्भुजित बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा सुरेस लामा र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीतमा दिक्छित पौडेलको एरेन्ज रहेको छ । कबिराज गहतराजको कोरियोग्राफि रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।
फिल्म ‘जय हो’ मा केकि अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पन थापा, माओत्से गुरु को अलावा सुमि गुरु ,प्रेम पाण्डे र सुसान्त कुमार श्रेष्ठ लगायत कलाकारको मुख्य भुमिका रहेको छ । टेक पौरखि राईको निर्देशन रहेको फिल्म सलोन सलिजा फिल्मस् को ब्यानरमा निर्माण भएको हो । फिल्ममा राज के अधिकारी र सुरज सरकारको संयुक्त लगानि रहेको छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।