प्रोटिन,फाइबर,म्याग्नेसियम,फस्फोरस,फोलेट,कपर,आइरन,जिन्क पोटासियम पाइने हुँदा निकै नै स्वास्थ्य बर्दक खाना मानिन्छ ।
ग्रेनहरु मध्ये सबै भन्दा ज्यादा फाइबर भएको खाना हो लट्टे ।
ग्लुटिन फ्री भएका कारण धेरैका लागि उपयुक्त
बल्ड सुगर नियन्त्रणका लागि निकै उपयोगी खाना
शरीरको वजन खटाउन उपयोगी हुन्छ ।
मुटुलाई सुरक्षा प्रदान गर्न पनि लट्टे निकै उपयोगी मानिन्छ ।
स्किन केयरका लागि राम्रो मानिएको खाना हो ।
क्यान्सर हुनबाट जुगाउन मद्त पुर्याउछ ।
डाइबिटीजका हुनबाट बचाउछ ।
हाइपरटेन्सन अर्थात उच्च रक्तचापका लागि उपयोगी
एनेमिया उपचारका लागि पनि उत्तम हुन्छ लट्टे ।
दीर्घ जिबनका लागि अती नै राम्रो अन्न ।
टिशूहरु मर्मत र बढाउनका लागि उत्तम ।
बलियो कपालका लागि पनि लट्टे राम्रो अन्न हो ।
प्रसस्त आइरन पाइने हुँदा गर्भबती महिलाका लागि पनि राम्रो मानिन्छ ।
लट्टे एक स्वास्थ्यबर्दक अन्न भएका कारण पछील्लो समयमा यसका परिकारहरु पनि थरीथरिका बन्न थालेका छन । लट्टेको सागको तरकारी या भुटेर पनि खान सकिन्छ । लट्टेको सागलाई उसिनेर साधेर खादा पनि अती नै स्वादिस्ट मानिन्छ ।लट्टेको दानालाई उसिनेर चिसो बनाइ सलाद बनाएर खादा पनि निकै स्वास्थ्य बर्दक हुन्छ । लट्टेको सुप पनि निकै प्रख्यात र राम्रो हुन्छ । बिदेशमा पनि लट्टेको धेरै नै प्रयोग हुन्छ र यसका परिकारहरु धेरै नै छन । लट्टेलाई एक साइड डिसको रुपमा निकै नै प्रयोग गरिएको पाईन्छ । भेज बर्गर खानेहरुका लागि किनुवा या लट्टेको प्याटिज बनाएर खानेहरु पनि निकै छन जुन स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । लट्टेको रोटी,पकोरा,केक,स्न्याक्स र ड्रिन्क्स समेत बनाएर खान सकिन्छ । लट्टेको खिर पनि त्यतिकै मिठो र स्वास्थ्य बर्दक मानिएको छ ।