हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम नगर भेला शनिबार हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार ०७:४४

साउन ०३ रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको छ ।आउँदो साउन ६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित पशुपति होटलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चन्द्रपुर प्रथम नगर भेला हुने भएको हो ।

सो भेला रास्वपाका युवा नेता तथा माननिय मनिषा झा सह–महामन्त्री एवं संगठन बिभाग प्रमुख कविन्द्र बुर्लाकोटीको विशेष आतिथ्यतामा सम्पन्न गरिने नगर भेलाका संयोजक तथा रौतहटका निर्वाचित क्षेत्रिय सदस्य जनकराज भारतीले जानकारी दिएका छन् ।
भेलामा रास्वपाको केन्द्रीय सदस्य दिपक बोहोरा, मधेस प्रदेश सभापति ई.तपेश्वर यादव,प्रदेश महामन्त्री मनिष साह,प्रदेश प्रवक्ता रन्जित राम र जिल्ला संयोजक प्रदिप साह समेतको सहभागिता रहने कार्यक्रम संयोजक भारतीले जानकारी दिएका छन् ।
रास्वपाका नेता उदय सापकोटा (सुरेन) ले रास्वपा मा आस्था राख्ने सम्पुर्ण जनसमुदाय नगरबासी लगाएत  नेता तथा कार्यकर्ताहरुलाई भेलामा सहभागि हुन् अपिल गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु