नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को संघीय तहको कार्यान्वयन अनुगमन संक्षिप्त प्रतिवेदन सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार १६:०७

भूमिकला पौडेल-
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ को संघीय तहको कार्यान्वयन अनुगमन संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालकोे आयोजना तथा डिपीओडि र एफएफओको सहयोगमा राजधानीमा आयोजित एक समारोहका बिच सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
समारोहलाई संवोधन गर्नु हुँदै सो कार्यक्रमका प्रमुख अतिथी समावेशी आयोगका माननिय सदस्य हरिदत्त जोशीले समावेशी आयोग एक सिफारिस र अनुगमन गर्ने निकाय भएकोले आयोगले सिफारिस गरेका अपाङ्गता सम्बन्धी सवालहरूलाई कार्यान्वयन गर्नका लागि अन्य निकायले पहल गर्न जरूरी भएको बताउँनुभयो ।
यसैगरी समारोहका विशिष्ट अतिथिहरू राष्ट्रिय महिला आयोगका माननिय सदस्य विद्या कुमारी सिन्हा, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरे, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेती, सर्वाेच्च अदालतका सहरजिष्ट्रार रामप्यारी सुनुवार, राष्ट्रिय मानव अधिकार आयोगका जेष्ठ नागरिक तथा अपाङ्गता फोकल पर्सन कल्पना नेपाल आचार्य, डिपिओडी तथा एफएफओ प्रतिनिधि रेनु लोहनीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीमा उल्लेख गरिएका कुराहरूको पूर्णरूपमा पालना हुनपर्ने कुरामा जोड दिनुहुँदै आ–आफ्नो तहबाट यसको कार्यान्वयनका लागि पहल गर्नुपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी समारोहका अतिथिहरू महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि प्रतिभा राई, युवा तथा साना व्यावसायी स्वरोजगार कोषका प्रतिनिधि लोक बहादुर खड्का, स्वास्थ्य विभागका प्रतिनिधि डा. प्रशन्न नापित लगायतका वक्ताहरूले सरकारले गरेका कार्यहरूको अपनत्व लिंदै हाल गर्न नसकेका कार्यहरूलाई आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


समारोहको सभाअध्यक्षता गर्नुहुँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ लगायत अन्य कानुनी प्रावधानहरू नीतिगत हिसाबले सकारात्मक हिसाबले सकारात्मक भएपनि कार्यान्वयनको अवस्था अत्यन्त कमजोर रहेको हुँदा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार पाउनबाट वञ्चित हुनपरेकोले आगामी दिनमा कार्यान्वयनको विषयमा संवेदनशिल हुन सबै निकायलाई आग्रह गर्नुभयो ।
नेपाल सरकारका प्रतिनिधीहरू, अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधीहरूको उल्लेख उपस्थिती रहेको समारोहका बिच अपाङ्गता विज्ञ मनिष प्रसाईले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको संघीय तहको कार्यान्वयनको अनुगमन संक्षिप्त प्रतिवेदन सार्वजनिकिकरण गर्नुहुँदै यो प्रतिवेदन के कसरी तयार भयो भन्ने सम्बन्धमा पनि स्पष्ट पार्नुभयो ।
त्यसैगरी सो प्रतिवेदनका बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्वअध्यक्ष एंव वर्तमान सल्लाहकार डा. विरेन्द्रराज पोख्रेलले संक्षेपिकरण गर्नुभएको थियो भने अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले थप प्रष्टिकरण गर्नुहुँदै कार्यान्वयनको अवस्था बारे स्पष्ट पार्नु भएको थियो ।
समारोहमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो । त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष राम कार्कीले स्वागत मन्तव्य राख्नुभयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रवत्ता रमेश पोख्रेल कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु